दुहबी / ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध दुहबीमा बुधबार सत्ता दलसँग आवद्ध जसपा विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् ।
युवा तथा विद्यार्थी संगठनका नेताहरुले खाना पकाउने ग्यास पेट्रोलियम पदार्थ मुल्य वृद्धि फिर्ता गर भन्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले ‘नाफा घाटा जान्दैनौँ, मूल्यवृद्धि जान्दैनौ, मूल्यवृद्धि सारो भो, हामीलाई जिउन गाह्रो भो’ जस्ता नारा लगाएका थिए । जसपा विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन दुहबीका अध्यक्ष चंदन बैठाको नेतृत्वमा भएको बिरोध प्रदर्शन र्यालीले दुहबी बजार परिक्रमा गरेको थियो। उनले मूल्यबृद्धि फिर्ता न लिए चरमबद्ध आन्दोलन गर्ने जनाए।





