दुहबी / सुनसरीको गढी गाउँपालिका ४ बाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ वर्षीय रोशन मेहेतालाई संका लागेर चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml. को २० बोतल, Nitrosun-१०० १०० ट्यावलेट, Nitravet-७०० ७०० ट्यावलेट बरामद गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।