दुहबी / गढी गाउँपालिकाको प्रमुखका नेकपा एमालेका आश नारायण चौधरी भारी मतले निर्वाचित भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै चौधरीले ऐतिहासिक जित दर्ता गरे ।
सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिकामा नेकपा एमालेले पहिलोपल्ट नेतृत्व गर्न पाएको हो । आज सम्पन्न मतगणना अनुसार कांग्रेसका महेश दत्तले ५३५० मत ल्याउँदा एमालेका चौधरीले ८९०१ मत प्राप्त गरेका छन् ।
चौधरीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा नै दिएर स्थानीय तहको निर्वाचनमा लडेका थिए ।





