दुहबी/ दुहबी नगरको विभिन्न वडाहरुमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बेद नारायण गच्छ्दार ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलोमा व्यस्त छन् ।
मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, नगर र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरीरहेका छन।
आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जीतको शुभकामना दिरहेका छन । मेयरका उम्मेदवार गच्छ्दारले दुहबीमा कांग्रेसकै जीत हुने दाबी गरिका
छ्न । घरदैलेमा पुग्दा मतदाताबाट जुन स्वागत, सत्कार, आत्मीयता र माया पाइयो यो नै जीतको आधार
रहेको उनको भनाइ छ।
हाल मुख्यरुपमा वडाका अधुरा काम पूरा गर्न, विभिन्न वस्तीहरुमा भएको बर्सा यामको समयमा कटान रोक्न तटबन्ध, खानेपानी, ज्येष्ठ नागरिक र बालमैत्री विश्रामस्थल निर्माणलगायत विभिन्न काम गर्न सुझाव आएको उम्मेदवार गच्छ्दारको भनाइ छ।
दुहबीमा विकास, सुशासन र अन्य कामले प्रदेसकै १ नम्बर नगर बनाउने उनले बताए । ‘हाम्रो काम भनेको स्थानीय जनताकै सेवामा खटिने हो । नगर र वडाले प्रदान गर्ने सेवा सहज बनाउने हो । जसमा हाम्रो टिमले काम गर्छ,’ उनले प्रतिबद्धता व्यक्त समेत गरेका छन ।
गच्छ्दार भन्छन दुहबी नगर लाई स्मार्ट नगर बनाउन यो पटक सबैको साथ सहयोग पाए दुहबी नगर लाई बिश्वमा चिनाउने गरी काम गरेर देखाउने बताए । स्वास्थ्य, शिक्षा , भौतिक पुर्वाधार ,
रोजगार , सुकुम्बासी , लगायत क्षेत्रमा गरेको काम दुहबी नगर प्रदेश १ कै नमुना नगरको रुपमा कामगरेको दाबी गरे।






