दुहबी / अहिले देशै निर्वाचनमय छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल सुनसरीको दुहबीमा पनि तातेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ।
राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन्। तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ। घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न।
अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम उल्लंघन गरिरहेका छन्। तर राजनीतिक दलहरू भने यो स्वीकार्न तयार छैनन्। केहि दिन अगाडी सर्वदलय बैठकमा सबै दल र उमेदवारलेआचारसंहिता पालना गरेको दाबी सहित प्रतीबध्ता गरे।
विशेषगरी दुहबी नगरका विभिन्न विभिन्न वडाहरूमा पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा मत माग्ने, माइकिङ गर्ने, विभिन्न स्थानमा पर्चा टाँस्ने, पार्टीका झण्डा झुण्ड्याउने,रातको समयमा डिजे बजाउई भोट माग्ने , सयौको संख्यामा सिटि सफारी प्रयोग गरीस ताम झाम गरी भोट माग्ने भोज भतेर लगायत कामहरू राजनीतिक दल तथा उम्मेदवारले गरिरहेको सूचना छन्।
यस्तै दलहरूले प्रचारमा भारतीय सवारी प्रयोग र बालकालिकाको प्रयोग पनि गरिरहेको देखिएको छ। तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा यो सबै गर्न नपाइले उल्लेख छ।
आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन भए/नभएको विषयमा अनुगमन तथा छानबिन गर्न समिति गठन गरिएको छ। प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृत, सुरक्षा निकाय लगायतको सहभागितामा उक्त समिति गठन गरिएको हो।
आचारसंहिता उल्लंघन गरेको भेटिएमा उक्त समितिले आवश्यक छानबिन गरि कारबाही गर्ने बताइएको छ। तर दुहबी नगरमा नियम उल्लंघन हुँदा पनि ती समितिहरू मौन छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोग पनि यस विषयमा गम्भीर बनेको छैन।
तर दुहबीका मुख्य निर्वाचन अधिकृत षड कुमार पोखरेल भने यस विषयमा अनुगमन भइरहेको बताउँछन्। ‘सबै ठाउँमा अनुगमन भई रहेको छ ।कतैबाट उजुरी परे पनि हामी कारबाही गर्छौं ।