विराटनगर / स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले दवाव सुरु गरेको छ । विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै आइतबार बिहान नाराबाजीसहित दवाव दिएका हुन् ।
प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न माग गरेका थिए । बिरोधको दवाब स्वरुप सुरु भएको आन्दोलन को नेतृत्व गर्दै महिला नेतृ,प्रदेश सदस्य तथा ट्रेड युनियन काङ्ग्रेस प्रदेश १ महिला सम्योजक सुनिता घिमिरे ,महिला संघ मोरङ सभापति शान्ता पौडेल लगायत ले नेतृत्व गरेको उक्त दवाब आन्दोलन मा व्यापक महिला नेतृहरुको सहभागिता थियो। गठबन्धनका नाममा महिलालाई बाईपास गर्न नहुने उनीहरुको माग थियो । सभापति थापालाई भेटेका महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । महिला संघलाई सम्बोधन गर्दै प्रदेश प्रदेश सभापति थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने जिकिर गरेका छन्
सत्तागठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्को पार्टीलाई दिइएकाले दुवै पार्टीबाट पुरुष सिफारिस हुने स्थिति आएको महिला संघको बुझाई छ । त्यसलाइए हटाउन महिला अनिवार्य हुनुपर्ने शर्त कायम गराउन दवाव दिइएको हो ।