दुहबी / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दुहबी गरपालिकाका प्रमुख बेद नारायण गच्छ्दार , उप प्रमुख सुनिता दाहाल साह लगायत १२ वटै वडाका जन प्रतिनिधिले पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि शुक्रबार राजीनामा दिएका छन ।
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका हुन् ।





