सुनसरी/ सुनसरीको दुहबी वडा नम्बर ४ स्थित दुहबी रंगशाला छेउमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने दुहबीका निर्वाचन अधिकृत षड् कुमार पोखरेलले जनाए।
भोलि बिहान सर्वदलिय, सर्वपक्षिय बैठक हुने जनाइएको छ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ। निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि,ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझी लगायतको सहभागिता रहेको थियो।