दुहबी / सुनसरीको दुहबीमा राप्रपा दोस्रो दल हुने संकेत देखीएको छ राप्रपाका नेता कार्यकर्ताहरुले टोल टोलमा तीब्र गतिमा संगठन बिस्तार गरेको देखिएको छ ।
दुहबी नगरमा राप्रपा पार्टीको संगठन यो भन्दा अगाडि जिरो लेबलमा संगठन रहेको थियो स्थानीय चुनाव घोषणा पछि दुहबीका युवा ब्यापारी तथा समाजसेवि ईन्द्र श्रेष्ठले केही दिन अगाडी मेयरको उमेदवार घोषणा गरे सँगैं सेस्र्ठको नेतृत्वले दुहबीको टोल तथा गाउँ गाउँमा संगठन बिस्तार गरीरहेको देखिन्छ ।
दुहबीमा राप्रपा पार्टीमा १५ दिन यता हजारौ युवाहरु पार्टी प्रवेस गरेको मेयरका उमेदवार श्रेष्ठको दाबी छ । अहिले दुहबीमा राप्रपा पार्टी प्रबेशको होड बाजि चलेको देखिन्छ दिनहु सयौको संख्यामा सो पार्टीमा प्रबेश गरिरहेको राप्रपा दुहबीले जनाएको छ ।
पार्टी प्रवेशमा बढि युवाहरुको जमात बढि देखिम्छ तेसमा पनि हाल सम्मको पार्टी प्रवेशको नतिजा हेर्दा बढिको संख्यामा नेकपा एमाले बाट प्रवेश गरेको देखिन्छ दुहबीमा नेपाली कांग्रेस पछिको दोस्रो दल एमाले बुझिन थ्यो तर एमालेकै नगर स्तरिय नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्न थाले पछि दुहबी एमाले लाई टाउको दुखाईको बिषय बनेको छ । अबको केही दिन पछि नेपाली कांग्रेस र एमाले बाट ठूलो जमात राप्रपा पार्टीमा प्रवेश गर्ने भन्दै दुहबी राप्रपाको बुझाई
छ ।
हाल राप्रपाले दुहबी नगरको १२ वटै वडामा संगठन निर्माण गरि अधिकांस वडामा पार्टी कार्यालय खोल्न सफल देखिन्छ अरु पार्टीको प्रचार प्रसार भन्दा राप्रपाको प्रचार प्रसार दुहबी नगरमा ब्यापक भएको देखिन्छ नगरका धेरै युवाहरु नयाँ अनुहारको खोजी गरिरहेको बेला राप्रपा दुहबी नगरमा मेयरका उमेदवार श्रेष्ठ भए पछि अबको दिनमा दुहबी नगरमा नयाँ परिवर्तन हुने भन्दै युवाहरु हर्सित देखिन्छन ।





