दुहबी / सुनसरीको दुहबीमा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको भन्दै एक व्यापारी पक्राउ परेका छन
देशमा पेट्रोल अभाव भई रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई पेट्रोल बिक्री गर्ने व्यापारीलाई ईलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ ।
दुहबी नगरपालिका-५ बस्ने ४२ वर्षीय अशोक कुमार साहलाई प्रहरीले आज पक्राउ गरिएको हो ।
साहले आफ्नै घरमा पेट्रोल अभाव भई रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई पेट्रोल बिक्री गर्ने अवस्थामा रंगेहात पक्राउ गरिएको दुहबी प्रहरीले जनाएको छ
पक्राउ परेका साहले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु १५५ मा बिक्री गर्नुपर्नेमा रु २०० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत आवश्यक कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाउने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले जानकारी दिनुभयो ।