दुहबी /सुनसरीको दुहबी नगरपालिका १० सिमरियामा आरती इँटा भट्टाले सरकारी स्कुलको जग्गा, सिंचाइको कुलो र शमसानघाट मासेर बाटो बनाएपछि बिगत केही महिना अगाडी देखि स्थानीयहरु आन्दोलित हुदै आएका छन ।
श्री जनता मा.बी को जग्गा बाटो प्रयोजनको नाउमा उद्योगले अतिक्रमण गर्न खोज्दा उद्योग तथा बिधालय व्यवस्थापन समिति र वडा अध्यक्ष विरुद्ध केही दिन अगाडी दुहबी नगरपालिकाको न्यायिक समिती र अख्तियारमा उजुरी दिएको संघर्स समितिका संयोजक रामकुमार चौधरीले बताएका छन
चौधरीका अनुसार आरती इँटा भट्टाका संचालक राजकुमार रौनियारले सिमरिया स्थितमा रहेको श्री जनता मा.बि.को जग्गा मिचेर स्थानीय किसानहरुले प्रयोग गर्दै आएको सिंचाइको कुलो मासी, पुरि इँटा भट्टा सम्म जाने बाटो बनाएको भन्दै स्थानीय गाउँलेहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रेका बताए ।
अख्तियारमा उजुरी परेपछि गत शनिबार स्थानीय लगायत बिधालय व्यवस्थापन समिती तथा वडा अध्यक्ष सहितको उप स्थितिमा उद्योगले प्रयोजन गर्दै आईरहेको बाटो लाई अनिश्चित कालको लागि बन्द गरेको स्थानीय गोबिन्द चौधरीले बताए ।
यता सोही विषयमा संघर्स समितिका एक सदस्यका अनुसार
उद्योगले अतीक्रमण गरेको बाटो स्थानीयहरुले बन्द गरे पछि सो बाटो खुलाउन वडा अध्यक्ष माझीनै लागि परेको बताउदै संघर्स समितिका केही मान्छेहरु लाई फ्काउन पटक पटक गोप्य बैठक बोलाउने गरेको आरोप लगाएका छन ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुनसरी- मोरङ सिंचाइ उपभोक्ता समितिका अध्यक्ष लतुराम चौधरीको मौन समर्थन र वडाअध्यक्ष लधुराम माझिको साथ, समर्थन र सहयोगमा उद्योगले बिधालयको जग्गा अतीक्रमण गरी बाटो निर्माण गरेको स्थानीयहरुले आरोप लगाउदै आएका छन ।
सो बिषयमा वडा अध्यक्ष माझी र बिधालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफुहरुको कुनै खालको मिलोमतो नरहेको र आफुहरु लाई राजनीतिक प्रती सोध साधन बदनाम मात्र गर्न खोजी रहेको बताउदै आएका छन
कुलो छेउमा रहेको जगरनाथ वन र हिन्दु परम्परा अनुसार गरिने शमसानघाटको बिचबाट २५ वटा ठुला-ठुला रुखहरु काटेर इँटा भट्टा सम्म पुग्ने बाटो बनाएपछि थप आक्रोशित हुँदै गत शनिबार करीब ५ सयको संख्यामा रहेका स्थानीय गाउँलेहरुले आन्दोलन सहित बाटो बन्द गरी प्रतिकार गरेका थिए।
स्थानीय गाउँलेहरुले इँटा भट्टाले बनाउदै गरेको उक्त बाटोमा पिलर गाडेर तार जाली लगाइ भट्टा संचालक विरुद्ध नाराबाजि गर्दै प्रदर्शन गरेका थिए। इँटा भट्टाका संचालक राजकुमार रौनियारले डोजर लगाइ सिंचाइको कुलो छेउमा ठुला-ठुला खाल्डो खनेर कुलोको ह्युम पाइप टुक्राटुक्रा पारेपछि स्थानीय किसानहरु लगायत आन्दोलनमा उत्रिनु परेको स्थानीय अगुवा तथा अभियन्ता भागवतलाल चौधरी बताउँछन्।
स्थानीय गोबिन्द प्रसाद माझीका अनुसार परा पुर्बकाल देखीको शम सानघाटलाई क्षती पुर्याएको दुखेसो पोखे। स्थानीय हरिनारायण चौधरी, शनिचर बहरदार, टंकलाल माझी लगायतहरुले ईटा भट्टा संचालक राजकुमार रौनियारलाई दुहबी वडा नम्बर १० को कार्यालयमा बाटो लाने विषयमा छलफल हुँदा बारम्बार सम्झाउन खोज्दा समेत न मानेर स्थानीयलाई पिंडा दिने काम गरेको बताउँछन् ।
विकास, उद्योग र भौतिक पुर्बाधार निर्माणका नाममा सरकारी जग्गा, नागरिकको सम्पति, बाताबरणिय प्रभाव र ऎतिहासिक सम्पदा र संरचनाहरु बिनास गर्नु हुदैन।





