• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विराटनगरको मेयरमा उम्मेदवारी दिने चर्चामा रहेका उपेन्द्रका छोरा अमरेन्द्र

काेचिला खबर by काेचिला खबर
03/13/2022
in स्थानीय
78
SHARES
355
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राजनीतिमा परिवारवाद हाबी छ । आफ्नो राजनीतिक विरासत कायम गर्न कसैले छोरा, कसैले छोरी, कसैले श्रीमतीलाई अघि बढाएका छन् । तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसबाट कोसौँ टाढा छन् । उनले आफ्नो राजनीतिको वरपर अहिलेसम्म आफ्ना परिवारका सदस्यलाई आउन दिएका छैनन् ।

अब भने उपेन्द्र यादवलाई आफ्नो यो पहिचान जोगाउन कठिन हुने देखिएको छ । परिवारवादबाट मुक्त छविलाई जोगाउने वा अरूजस्तै आफू पनि परिवारवादमा मुछिने भन्ने सवालले उनी नैतिक सङ्कटमा परेका छन् ।

त्यसो त, उपेन्द्र यादवको भूमिगत राजनीति होस् या मधेस विद्रोहको राजनीतिमा उनकी श्रीमती पार्वती यादव, छोरा अमरेन्द्र यादवलगायत परिवारका अन्य सदस्यको त्यतिकै योगदान थियो । तर उनले आजसम्म आफ्ना परिवारका कुनै पनि सदस्यलाई कुनै पनि लाभको पदमा ल्याएनन् ।

अब भने उपेन्द्रका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लड्ने अनौपचारिक घोषणा गरिसकेका छन् । त्यसले अध्यक्ष यादवमाथि नैतिक संकट आइपर्ने देखिएको छ । ३४ वर्षीय अमरेन्द्र यादवले मेयरमा उम्मेदवार हुन चाहेको जानकारी पार्टीका अध्यक्ष एवं पिता उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई गराइसकेका छन् ।

आफूले पार्टीका तीन शीर्ष नेतालाई विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने चाहनाबारे जानकारी गराइएको अमरेन्द्रले पनि पुष्टि गरे । जवाफमा पिता उपेन्द्र यादवले आफूलाई तल्लो तहबाट सिफारिस भएर नाम आएमात्र त्यसमा कुनै निर्णय हुने अन्यथा अहिले केही भन्न नसकिने जवाफ दिएको उनले सुनाए ।

उपेन्द्र यादवको चाहना पनि छोरा अमरेन्द्र यादव आफ्नै बलबुताले राजनीतिमा आओस् भन्ने नै छ । अमरेन्द्रले रातोपाटीसँग भने, ‘बुवा (उपेन्द्र यादव)को बलमा राजनीतिमा आयो र बुबाकै कारण मेयरको टिकट पायो भनेर कसैले भन्ने ठाउँ नहोस् भन्नेमा म आफै पनि सचेत छु, बुबाको चाहना पनि यही हो ।’

आफूले बुबाको ‘पावर’लाई दुरुपयोग गर्न नचाहेको उनले प्रस्ट पारे । ‘यदि त्यस्तो गर्न चाहेको भए म उहिले सांसद भएर मन्त्री पनि भइसकेको हुन्थेँ होला, कुनै राजनीतिक नियुक्ति लिएर कतै बसेको हुुन्थेँ तर न बुबाले कहिले त्यस्तो गर्न चाहनु भयो न मेरो त्यस्तो इच्छा भयो,’ अमरेन्द्रले भने, ‘युके र युएसएको १० वर्षको भिसा मसँग छ, विधि विज्ञानमा मास्टर्स गरेको छु, चाहेको भए जहाँ जुन ठाउँमा पनि राम्रो जागिर खान सक्थेँ, अहिले पनि विभिन्न ठाउँबाट अफर आइरहेका हुन्छन् तर मेरो उद्देश्य आफ्नो बलमा राजनीति गर्नु नै हो ।’

८–९ कक्षा पढ्दादेखि नै भूमिगत राजनीतिमा आफू लागेको बताउँदै उनले बुबा माओवादीमा हुँदा आफ्नो परिवारप्रति राज्यको तर्फबाट ‘थ्रेट’ रहेकाले घरका सदस्यहरु पनि लुकीलुकी बस्नुपर्ने अवस्था रहेको स्मरण गराए । ‘राज्यको त्रासका कारण मैले आफ्नो नाम पनि परिवर्तन गरेँ, मेरो पहिलाको नाम दिपेश थियो । त्यतिबेला सेना, प्रहरीले पनि उपेन्द्रको छोरा दिपेश हो भनेर चिन्थ्यो,’ उनले भने, ‘एसएलसीको समयमा आफ्नो नाम परिवर्तन गराएर अमरेन्द्र लेखाएँ ।’

सरिता गिरीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गलत भएको भन्दै पार्टीमा उनले फरक मत राखे । त्यस्तै, प्रदीप यादवलाई पार्टीले मन्त्री नबनाएकोमा पनि उनले मात्र विरोध गरेका थिए । अर्थात् बुबा अध्यक्ष रहेको पार्टीको निर्णयलाई सामान्यतया कुनै छोरा वा छोरीले विरोध गरेको पाइँदैन तर अमरेन्द्र यादवले विरोध गर्दै आएका छन् ।

परीक्षाको समयमा सेना तथा प्रहरीले दिपेश नाम गरेको परीक्षार्थी खोज्दै आउने गरेको तर स्कूलले त्यो नाम गरेको कोही छैन भनेर फर्काउने गरेको पनि उनले बताए । एसएलसीको अन्तिम दिन आफूलाई पक्राउ गर्न सेना स्कूलमै आएपछि पर्खाल नाघेर भाग्दै आफू भारत गएको उनको भनाइ छ ।

यसरी भारतको पटना पुगेका अमरेन्द्र त्यहाँ माओवादीका नेताहरुको सम्पर्कमा गए, उनीहरुको डेरामा बसेर त्यहीँको कलेजमा नाम लेखाएर पढाई सुरु गरे । ६–७ महिनापछि मात्र आफूले बुबासँग भेट गर्न पाएको उनको भनाइ छ ।

खुला राजनीतिमा आएपछि मधेस आन्दोलन हुँदा पनि आफू सक्रिय रहेको उनले बताए । ‘उपेन्द्र यादव हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ, म त्यो पार्टीको कार्यकर्ता भएका कारण उहाँ मेरो पनि अध्यक्ष हो,’ उनले भने, ‘घर परिवारमा रहँदा उहाँ मेरो बुबा हो, राजनीतिक कुरा आउँदा उहाँ मेरो अध्यक्ष हो र मलाई विश्वास छ, उहाँले पनि मलाई त्यही रुपमा हेर्नुभएको छ ।’

त्यसो त, अमरेन्द्र यादवले पार्टीमा आफ्नो बुबा (पार्टीका अध्यक्ष) को विपक्षमा पनि कुरा राख्दै आएका छन् । यस्तो उदाहरण अन्य पार्टीमा कमै पाइन्छ ।

जसपा नेपालले सरिता गिरीलाई पार्टीबाट निष्काशन गरेको निर्णय होस्, प्रदीप यादवलाई मन्त्री नबनाएको निर्णय होस् अथवा पछिल्लो समय पार्टीबाट मन्त्री पठाएको निर्णय होस्, सबैमा अमरेन्द्र यादवले फरक मत राखेका छन् ।

सरिता गिरीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गलत भएको भन्दै पार्टीमा उनले फरक मत राखे । त्यस्तै, प्रदीप यादवलाई पार्टीले मन्त्री नबनाएकोमा पनि उनले मात्र विरोध गरेका थिए । अर्थात् बुबा अध्यक्ष रहेको पार्टीको निर्णयलाई सामान्यतया कुनै छोरा वा छोरीले विरोध गरेको पाइँदैन तर अमरेन्द्र यादवले विरोध गर्दै आएका छन् ।

सुरुमा पार्टीको युवा संगठनको मोरङ्ग जिल्ला सदस्य भएका अमरेन्द्र केही पछि युवा संगठनकै केन्द्रीय सदस्य भए । त्यसपछि उनी विराटनगर महानगरपालिकाकाको पार्टी अध्यक्ष भए । महानगरपालिका अध्यक्ष पनि उनी अधिवेशनबाट भएका हुन् । उनी भन्छन्, ‘म पार्टीको महानगरपालिका कमिटी अध्यक्ष भएदेखि नै मेयरमा लड्छु भन्दै तयारी थालेको थिएँ र म चाहन्छु मेरो बुबा पार्टी अध्यक्ष हुनुहुन्छ, उहाँकै कारणले टिकट नपाउने अवस्था नआओस् ।’

अमरेन्द्रले भने, ‘म सबै मापदण्ड तथा परीक्षामा उत्तिर्ण हुन्छु तर अध्यक्षको छोरा भन्ने ट्यागले मलाई सताइरहन्छ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist