अर्जुन खडका
दुहबी / नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङ्ग महिला समितीले ११२ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस को अवसर पारेर दिप प्रज्वन कार्यक्रमको आयोजना गरेको छ। ट्रेड युनियन मोरङ महिला बिभागकी अध्यक्ष झुमा निरौला को अध्यक्षतामा बिराटनगरमा आयोजित उक्त कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेस प्रदेश १ महिला बिभागकी अध्यक्ष सुनिता घिमिरे को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
उक्त दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले विश्व इतिहासमा महिला श्रमिक हरुले पुराएको योगदान र चढाएको बलिदान को चर्चा गर्दै सम्पुर्ण ज्ञात अज्ञात महिला श्रमिक सहित प्रती श्रद्धाञ्जली अर्पण गरेकी थिइन।
अध्यक्ष घिमिरेले २०१७ सालमा नेपालमा पहिलो पटक धनकुटाका महिला शिक्षिकाहरुले ” आईमाई दिवस” मनाएको ,त्यसपछि २०३३ साल मा धरानका महिला हरुले ” महिला दिवस ” हुँदै २०३४ सालमा पारिजातको नेतृत्वमा बिधिवत नारी दिवस मनाउन शुरु गरिएपनी बिधिवत रुपमा २०६३ को आन्तरिम सम्बिधान ले ब्यावस्था गरेको ३३% महिला हक सगै २०७२ को सम्बिधान ले नितिगत महिला हरुको रास्टृय राजनितिमा स्थापित गराउन सफल भएको बताउदै सङ्हिय सम्सदमा ३३% र स्थानिय तहमा ४१% महिला सहभागीता रहेको बताइन।
भारत,बङलदेश,पाकिस्तान ,श्रीलंका लगायत देशहरुमा महिला प्रधानमन्त्री हुदा पनि त्याहा अहिलेसम्म महिला श्रमिक को अबस्थामा परिवर्तन हुन नसक्नु ले पुरातन पुरुषबादी चिन्तनको उपज रहेको बताउदै अध्यक्ष घिमिरेले महिला श्रमिक मा व्यापक सचेतना सहितको शिक्षा नीति स्थानिय ग्रामीण भेक सम्मै लगिनु पर्नेमा जोड दिइन। उनले नेपालमा रास्ट्रपति महिला भए पनि आलन्करित पद भएको हुदा कार्यपालिका ,ब्य्यावस्थापिका,र न्यायपालिका मा तहगत निर्णय मा हात बाधिएको हुदा सरकार सन्चालक र नीति निर्माण तह मै सुधार हुन जरुरी भएको बताएकी थिन।
उक्त दिप प्रज्वलन कार्यक्रममा जिल्लाका महिला श्रमिक ,महिला अधिकारकर्मीहरु,लगायत विभिन्न क्षेत्रमा कार्यरत महिला हरुको बाक्लो उपस्थित सहित दिप प्रज्वलन गरिएको थियो।





