दुहबी / सुनसरीको दुहबी १० सिमरीया स्थित चरैयामा रहेको आपरुपि शिव मन्दिरमा भोलि हुने महाशिवरात्रिको सम्पुर्ण तयारी पूरा भएको पुजा समितिका अध्यक्ष सन्जय चौधरीले जानकारी दिएका छन ।
चौधरीका अनुसार भोलि बाट शुरुहुने महाशिवरात्रिमा हुने पुजा पाठ लगायतको सम्पुर्ण तयारी पूरा भएको बताएका छन
उनका सनुसार मन्दिरमा आउने दर्शनार्थी हरुको सुविधाका लागि १ सयको संख्यामा संवेम सेवक परीचालन गर्ने र भिडभाड नियन्त्रण गर्नका लागि कडा सुरक्षा व्यवस्था मिलाउने बताए ।
भोलि बाट शुरुहुने महाशिवरात्रिमा मन्दिर परिसर भित्र बाहीर दर्शनार्थीहरुको बढि भिडभाड हुने भएकोले सोको मध्ये नजर गरी सिसि क्यामरा तथा ड्रोन क्यामरा बाट भिडभाड क्षेत्र लाई निगरानी गर्ने पुजा समितिका स सचिव गणेश मण्डले बताए ।
उनका अनुसार सोहि शिव मन्दिरमा पुस्तौ पुस्ता देखि पुजा पाठ तथा मेला लाग्ने गरेकोले महाशिवरात्रिको दिन भक्त जनहरुले भग्वान संग मनमा लागेको कुरा माग्दा मनकामना पूरा हुने गरेको जन बिश्वास रहेको बताए ।
सो आपरुपि शिव मन्दिर चरैयामा महाशिवरात्रिको दिन नेपाल र भारत गरी ५० हजार भन्दा बढिको संख्यामा भक्तजन तथा दर्शनार्थीहरुको उपस्थिति रहने पुजा समितिका उपा अध्यक्ष बुद्धि लाल मण्डले बताए ।
सो मन्दिरको पुजा समितिमा सन्जय चौधरी अध्यक्ष रहने गरी २५ जनाको पुजा समिति निर्माण भएको समितिका सचिव करुण लाल चौधरीले बताए ।





