राम प्रसाद आचार्य/दुहबी सुनसरीको दुहबीमा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा दुहबी वडा नम्बर ५ ले दुहबी वडा नम्बर ९ लाई ४ -३ गोल अन्तर ले पराजित गरेको छ। निर्धारित समय सम्म कसैले गोल गर्न नसकेपछी पेनाल्टी मार्फत वडा नम्बर ५ ले उक्त बिजय हासिल गरेको थियो । खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ५ का गोल रक्षक मनिस दाहाल घोषित भए। उनले २ हजार नगद र मेडल प्राप्त गरे । आइतबारको खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर १ का बीच हुने आयोजकले जनाएको छ।





