दुहबी / सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लब को संयोजनमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगिताको बुधबार बिधिवत उद्घाटन भएको छ। नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बेदनारायण गच्छदारले बेलुन उडाएर उक्त प्रतियोगिता उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले आफू नगर प्रमुख मा बिजयी भएसगै दुहबी लाई खेलकुद को क्षेत्रमा अगाडि बढाउन लागिपरेको र सोही अभियानमा मेयर कप को आयोजना गरेको बताए। दुहबी फुटबल जगतको उर्बर भुमी भएको हुदा फुटबलप्रेमी युवा हरुलाइ ब्यावसायिक खेलाडीमा परिणत गर्न साथै रास्टृय ,अन्तरास्ट्रिय खेल जगतमा दुहबीको बर्चस्व कायम गराइ पहिचान स्थापित गराउन हदै सम्म लागि परेको बताउदै २१ करोडको लागतमा सुबिधा सम्म्पन्न रङ्गसाला निर्माण भैरहेको साथै एन्फा र दुहबी नगरपालिका को साझेदारिमा दुहबी ७ मा ६ बिगाहा क्षेत्रफलमा फुटबल एकेडेमी सन्चालन गर्ने सम्झौता भैसकेको र प्राबिधिक कारणले अहिले स्थगन भएपनि निकट भबिस्यमै सन्चालन हुने गच्छदार ले वताए।
खेलकुद मै लागेर युवाहरुले आर्थिक आर्जन गरि जिबनस्तर सुधार्न सकुन भनेर ब्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्य सहित,कृकेट प्रतियोगिता ,भलिबल प्रतियोगिता ,डोरितान प्रतियोगिता लगायत खेल हरुलाइ नगर कै अगुवाइमा सन्चालन गर्दै आएको बताउदै गच्छदार ले बिगतमा भएका ३ वटा मेयर कप भन्दा अहिले को चौथो मेयर कप को सान्दर्भिकता अझै बढेको बताए। आफ्नो कार्यकाल सकिनै लगेको र चुनावमा सहभागी हुनलाइ १५ दिन अगावै राजिनामा दिनुपर्ने निर्वाचन आयोगको आचार सम्हिताको कारण पनि यो चौथो मेयर कप को विशेष महत्व रहेको बताए। आफुले सुरुगरेको मेयर कप फुटबल प्रतियोगिता फुटबल जगतमा दुहबी कोसे ढुङ्गा साबितहुन सकोस भन्ने सुभेक्षा प्रकट गर्दै गच्छदारले सबै खेलाडी र नगर का नगरबासिलाइ सुभकामना दिएका थिए।
समूह चरणको पहिलो खेल दुहबी वडा नम्बर १ र वडा नम्बर ८ बीच रहेको थियो। खेल सुरु भएको ११ औं मिनेटमा दुहबी १ का जर्सी नम्बर १३ का ए.डि. कमालले १ गोल गरि आफ्नो टिमलाइ १-० को अग्रता दिलाएका थिए। खेल को निर्धारित समय सम्म ८ नम्बर वडाले गोल फर्काउन नसके पछि दुहबी वडा नम्बर १ ले गरेको सोही गोल नै निर्णायक हुँदै १-० गोल अन्तरले वडा नम्बर १ बिजयी भएको थियो। म्यान अफ द म्याच दुहबी १ का गोलकिपर मो. समीर घोसित भए।
कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साह, प्रमुख प्रशाशकिय अधिकृत राजकुमार के सि,१२ वटै वडाका वडा अध्यक्ष हरु,वडा सदस्य हरु क्लबका अध्यक्ष दिपक राई लगायतको उपस्थित रहेको थियो। बिहिवारको दोस्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ३ र दुहबी वडा नम्बर ११ का बिच हुने आयोजकले जनाएको छ।





