दुहबी / सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेको आरोपमा ती किशोरीको आफ्न्तले दिएको उजुरी आधारमा पक्राउ गरेको जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र आङ खजुमले बताए ।





