दुहबी/ सुनसरीको दुहबी नगरपालिका १० सिमरियामा आरती इँटा भट्टाले
सरकारी स्कुलको जग्गा, सिंचाइको कुलो र शमसानघाट मासेर बाटो बनाएपछि राम कुमार चौधरीको संयोजकत्वमा ४५ सदस्य रहने गरी बन तथा चिहान बचाउ संघर्स समिती सोमबार गठन भएको बन तथा चिहान बचाउ अभियानता भागवत लाल थारुले जानकारी दिएका छन।
थारुका अनुसार उधोग र बिधालय व्यवस्थापन समिति विरुद्ध
उच्च अदालत बिराटनगर जाने तयारी भएको बताए । आरती इँटा भट्टाका संचालक राजकुमार रौनियारले सिमरिया स्थितमा रहेको श्री जनता मा.बि.को जग्गा मिचेर स्थानीय किसानहरुले प्रयोग गर्दै आएको सिंचाइको कुलो मासी, पुरि इँटा भट्टा सम्म जाने बाटो बनाएको भन्दै स्थानीय गाउँलेहरु आक्रोशित हुँदै केही दिन देखि आन्दोलनमा उत्रेका छन।
कुलो छेउमा रहेको जगरनाथ वन र हिन्दु परम्परा अनुसार गरिने शमसानघाटको बिचबाट २५ वटा ठुला–ठुला रुखहरु काटेर इँटा भट्टा सम्म पुग्ने बाटो बनाएपछि थप आक्रोशित हुँदै आज करीब २ सयको संख्यामा रहेका स्थानीय गाउँलेहरुले आन्दोलन सहित सोमबार प्रतिकार गरेका थिए।
स्थानीय गाउँलेहरुले इँटा भट्टाले बनाउदै गरेको उक्त बाटोमा पिलर गाडेर तार जाली लगाइ भट्टा संचालक विरुद्ध नाराबाजि गर्दै प्रदर्शन गरेका थिए। इँटा भट्टाका संचालक राजकुमार रौनियारले डोजर लगाइ सिंचाइको कुलो छेउमा ठुला–ठुला खाल्डो खनेर कुलोको ह्युम पाइप टुक्राटुक्रा पारेपछि स्थानीय किसानहरु लगायत आन्दोलनमा उत्रिनु परेको स्थानीय अगुवा तथा अभियन्ता भागवतलाल चौधरी बताउँछन्।
स्थानीय गोबिन्द प्रसाद माझीका अनुसार परा पुर्बकाल देखीको शम सानघाटलाई क्षती पुर्याएको दुखेसो पोखे। स्थानीय हरिनारायण चौधरी, शनिचर बहरदार, टंकलाल माझी लगायतहरुले इंटा भट्टा संचालक राजकुमार रौनियारलाई दुहबी वडा नम्बर १० को कार्यालयमा बाटो लाने विषयमा छलफल हुँदा बारम्बार सम्झाउन खोज्दा समेत न मानेर स्थानीयलाई पिंडा दिने काम गरेको बताउँछन् । स्कुलको सरकारी जग्गा, सिंचाइको कुलो र शमसानघाटको जगेर्ना गर्न दुहबी वडा नम्बर १० का वडाअध्यक्ष लधुराम माझीले सुरक्षा,संरक्षण, नियन्त्रण र जिम्मेवारी भएतापनि वडाअध्यक्षकै मिलेमतोमा इँटा भट्टा संचालक राजकुमार रौनियारले बाटो बनाएको घाम जतिकै छर्लङ्ग छ। विकास, उद्योग र भौतिक पुर्बाधार निर्माणका नाममा सरकारी जग्गा, नागरिकको सम्पति, बाताबरणिय प्रभाव र ऐतिहासिक सम्पदा र संरचनाहरु बिनास गर्नु हुदैन।