दुहबी / सुनसरी को दुहबी नगरपालिका लाई स्वास्थ्य सम्बन्धी औसधि तथा सिरिन्ज लगायतका स्वास्थ सामाग्री भन्डारण गर्न तथा नमुना भन्डार गृह सन्चालनको लागि आबस्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ। आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रदेश १ का स्वास्थ मन्त्री जयराम यादबले दुहबी नगर प्रमुख बेद गच्छदारलाई उक्त सामाग्रीको सुची सहित हस्तान्तरण गरेका थिए।
करिब १५ लाख मुल्य बराबरको स्क्यानर सहितको कम्प्युटर सेट – १ थान,सिलिङ्ग फ्यान २ थान,इन्भर्टर १ थान,CCTV क्यामेरा १ थान,ए सि १ थान,टेवल कुर्सी १/१ थान,मेडिसिन सेल्भेस १३ थान,वेटिङ्ग कुर्सी ६ थान,लकर र्याक २ थान,फोल्दिङ्ग भर्याङ्ग १ थान,फायर इक्टिङ्विसर १ थान,थर्मोमिटर १; हाइग्रोमिटर १ लगायत फरक फरक १८ किसिम का सामाग्री हरु स्वास्थ मन्त्रीले हस्तान्तरण गरेका थिए।
उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश १ कै नमुना भन्डारण गृह दुहबी बन्न लागेको प्रती खुसी व्यक्त गर्दै याहा बाट बाकी १४ जिल्ला भित्रका सबै पालिका हरुले नमुना शिक्षा लिदै यहाकै मोडलमा भन्डारण गृह सन्चालन गर्ने हुदा यो सौभाग्य प्राप्त गर्ने दुहबी नगरपालिका र विशेष गरि नगर प्रमुख बेद गच्छदार लाई धन्यवाद दिएका थिए। GHSC PSCM- USAID, को आर्थिक सहयोग र प्रदेश सरकार आपूर्ति केद्रको छनौट र आयोजनामा भन्डार्ण गृह सामाग्री उपलब्ध गराइ दुहबी नगरपालिका लाई नमुना स्वास्थ्य सामाग्री भन्डारण गृह सन्चालनका लागि सहयोग उपलब्ध गराएको र आगामी दिनमा उत्कृष्ट कार्यगर्दै स्वास्थ्य क्षेत्रमा दुहबी नगरपालिका अगाडि बढोस भन्ने सुभेक्षा प्रकट गरे।
कार्यक्रममा बोल्दै नगरप्रमुख बेद गच्छदारले प्रदेश आपूर्ति केन्द्रले दुहबी लाई नमुना भन्डारण गृह निर्माणका लागि छनौट गरि सामाग्री समेत उपलब्ध गराएकोमा धन्यवाद दिदै उक्त भन्डारण गृह सन्चालनको लागि आबस्यकिय भवन,पर्याप्त क्षेत्रफल र जनसक्ती उपलब्ध गराइ सकेको बताए।
गच्छदार ले स्वास्थ्य क्षेत्र सुधारका लागि आफुले देखाएको चासो ,लगनसिलता र क्षेमता माथी बिस्वास गरि विभिन्न दातृ निकाय,नेपाल सरकार र अन्तरास्ट्रिय नियोगहरुले दुहबी नगरपालिका लाई प्रार्थमिकतामा राखेको प्रती आभार प्रकट गरेका छन। ” मर्दले हिम्मत गर्यो भने खुदाले सहयोग गर्नेछन” भन्दै आफू दुहबिको बृहत्तर बिकास र समुन्नतिको लागि अहोरात्र खटेको र यसलाइ नगरबासिले अनुभुत हुनेगरी फल दिएरै छाड्ने ,बिकस बिरोधी र नगरबासिको हित बिपरित कसैसँग सम्झौता नगर्ने दृढता राखेका थिए।
नजिकिदै गरेको स्थानिय निर्वाचन प्रती लक्षित गर्दै गच्छदारले अब आउने नया अनुहार ले डिग्री गरेर आउला तर आफू पिएचडि गर्ने भन्दै स्वास्थ्य क्षेत्र सुधारका लागि आफ्नो भोक नमेटिएको बताए।
।स्वागत मन्तव्य राख्दै कार्यकारी प्रमुख राजकुमार केसिले दुहबिमा बृहत्तर स्वास्थ्य क्षेत्र सुधारका लागि सरोकारवाला निकाय,नियोग र सरकार लाई थप सहयोग गरिदिन आवहान गरेका थिए। उक्त कार्यक्रममा स्वास्थ शाखा प्रमुख बेन्देस्वर प्रसाद महतो,फोकल पर्सन उचित नारायण साह, वडा नम्बर १,३,४,५,६ का वडा अध्यक्ष हरु,उपप्रमुख सुनिता दाहाल साह,स्वास्थ्य आपूर्ति केन्द्रका डाइरेक्टर शम्भु साह,स्वास्थ कार्यलय सुनसरी का प्रमुख सागर प्रसाईं लगायतको उपस्थित रहेको थियो।





