विराटनगरको लाइफगार्ड हस्पिटलमा प्रदर्शन भएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
बर्जु गाँउपालिका वडा नम्बर १ का २२ वर्षीय धनी उराँवको उपचारका क्रममा मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् । दुर्घटनामा परेपछि बुधबार राति उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
आफन्तहरूले अस्पतालको लापरबाहीका कारण उरावको मृत्यु भएको भन्दै प्रदर्शन गरेका हुन् ।
अहिले अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले आफन्त र अस्पताल प्रशासनबीच छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ । काेसी अनलाइन बाट





