कोचिला खबर / सुनसरीको दुहबी १० को वडा अध्यक्षको मिलेमतोमा लाखौंको कार्यक्रम गुपचुप गर्दै गरेको स्थानीयहरुले आरोप लगाए छन ।
आइतबार दुहबी १० मा लाखौंको कार्याक्रम गुप चुप गरेको फेला परेका छन ।
स्थानीयहरुले देको विशेष सुचनाको आधारमा सो कार्यक्रम स्थल निरीक्षन गर्न दुहबीका संचार कर्मि को टोलि पुगदा २५ जनाको सहभागिमा थारु कृषि जैविक
बिविधता संरक्षण समुहको आयोजना तथा दुहबी वडा नम्बर १० को कार्यालयको सहयोगमा कार्यक्रम गरिरहेको देखिएका थिए । सो लाखौं बजेट भएको कार्यक्रम स्थानीय वडा बासीमा सार्वजनिक सुचना बिना गुपचुप किन गर्नु भएको संचार कर्मिले संस्थाका अध्यक्ष संग सोधपुछ गर्दा संस्थाका अध्यक्ष माहान्द चौधरीले यो समाचार सम्प्रेशन नगरीदिए तपाइ हरु लाई कती भत्ता दिनुपर्छु दिन्छु भन्देै पेैसाको प्रलोभन समेत देखाएको एक संचार कर्मिले बताए ।
सो कार्यक्रम बारे कुनै किसिमको सार्वजनिक सुचना नदिकन कार्यक्रम गरेको स्थानीयहरुले बताए ।
सो कार्यक्रमको प्रतेक सहभागिलाई ५० रु मुल्य बराबरको बीउ बिजन वितरण गरिरहेको देखीयो सो कार्यक्रमको बजेट १ लाख रहेको संस्थाका अध्यक्ष महान्नद चौधरीले बताए ।
लाखौंको बजेट भएको कार्यक्रम दुई चार हजारमा सम्पन गर्दा वडा अध्यक्ष लधुराम माझीकै मिलोमतोमा भएको स्थानीयहरुले आरोप लगाएका छन ।
सो बीषयमा वडा अध्यक्ष लधुराम माझी संग बुझ्दा कार्यक्रममा आफ्नो कुनै मिलोमतो नभएको भन्देै कार्यक्रम गर्नु अगाडी सबेैमा सार्वजनिक सुचना गरीकन आयोजक लाई कार्यक्रम चलाउन दिएको बताए ।
तेसै गरी सुनसरी को दुहबी नगरपालिका अन्तर्गतका केहि वडा कार्यालय हरुले बार्सिक बजेट शिर्षक भन्दा बाहिर गएर रकमान्तर गर्दै सामाजिक सस्था मार्फत लाखौ बजेट को दुरुपयोग गरेको पाइएको छ। मन पसन्द को सस्थालाइ फजुल कागज तयार गर्दै २ लाख सम्म का कार्यक्रम हरु दिएर एक दुई दिनमै उक्त कार्यक्रम सकाइ फर्च्यौट गर्ने गरेको पाइएको छ।
वडा बासिका गुनासो अनुसार केही वडा अध्यक्ष हरुले NGo मार्फत ५०% सम्म कमिशन लिएर लाखौं को कार्यक्रम पास गराइदिने र सो कार्यक्रम २/३ दिन भित्रै सक्ने गरेको हुदा जनताले तिरेको कर बालुवामा पानी सहर दुरुपयोग भएको गुनासो गरेका छन।
लक्षित कार्यक्रम शिर्षक मा लाखौ रकम छुट्याइ सीप बिकास तथा स्वरोजगार बनाउने सम्बन्धी तालिम दिएपनी आजसम्म वडाले दिएको तालिम मार्फत कसैले पुर्ण सीप सिकि आयाअ आर्जन नगरेको, स्वरोजगार नबनेको हुदा ५ बर्ष सम्म यस्ता गतिविधि सन्चालन गर्दा पनि तालिममा सहभागी हरुसमेत दक्ष हुन नसक्नु बिडम्बना भएको भन्दै वडा बासिहरु दुखी बनेका छन।
कार्यक्रम सुपरिवेक्षण ,अनुसन्धान तथा मुल्यांकन गर्ने जिम्मा योजना शाखाको भएपनी अधिकाश वडा हरुमा उक्त शाखाका अधिकारी नपुग्नु मिलेमतो भएको भन्दै वडाबासी आक्रान्त बनेका छन।
सरकारले लक्षित बर्ग समुदाय, गरिबी निवारण, बेरोजगार समस्या समाधान,र महिला हरुलाइ स्वरोजगार बनाउन ,विभिन्न कार्यक्रम अगाडि सारे पनि यसले झनै वडा अध्यक्ष र सिमित कर्मचारी मोटाउने चारो छरे जस्तो देखिएको अधिकाश को गुनाशो रहेको पाइएको छ।
बरु पछिल्लो समय दुहबी नगरपालिका र गरिबी निवारणका लागि रास्ट्रसङ्हिय बिकास योजना ( मेडपा) को साझेदारिमा सन्चालित सीप बिकास, पशुपालन, लगायतका क्षेत्रमा कार्यक्रम चलाउदा धेरैले रोजगारी गर्न थालेको,स्वरोजगार र आत्मनिर्भर बन्न थालेको तर आफ्नै वडाले हामिलाइ नै व्यापार गरेर आफू मोटाएको अधिकान्श वडा का वडाबासी हरुले गुनासो गरेका छन। यो समाचार आजको कोचिला खबर देैनिक पत्रिका बाट साभार गरिएकोछ ।