दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीमा गर्भवती जाँच का लागि प्रोटेवल भिडियो एक्स रे मेशिन १ थान हस्तान्तरण गरि नगर प्रमुख बेद गच्छदार ले उद्घाटन गरेका छन।
आज उक्त स्वास्थ्य चौकी मा आयोजित एक कार्यक्रम मार्फत गच्छदार ले रु ५ लाख मूल्य बराबरको भिडियो एक्स रे मेशिन हस्तान्तरण गरेका हुन। प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय ,दुहबी नगर पालिका र करुणा फाउन्डेसन को त्रीपक्षिय साझेदारिमा रु१ करोड ६२ लाख बराबरको ३ बर्सिय साझेदारी स्वास्थ्य कार्यक्रम अन्तरगत सन्चालित गर्भवती अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम आयोजना गरि गर्भवती महिला र गर्भको शिशुको अवस्था र स्वास्थ्य लाई ध्यानमा राखी उक्त कार्यक्रम सन्चालन गरिएको नगर प्रमुख गच्छदारले बताएका छन।
मातृ मृत्युदर रोक्न र अपाङ्गता भएका सिशुको जन्मदर कम गर्न नगरपालिकाले चालेको स्वास्थ सम्बन्धी अभियानले आज ग्रामिण भेगका अतिबिपन्न समुदायका महिला हरुलाई अत्यन्तै फाइदा पुगेको बताउदै आफू मेयर निर्वाचित भएदेखी नै सुनौला १००० दिन लाई प्रभावकारी ढङ्गले सन्चालन गर्न स्वास्थ स्वयम् सेबिका हरुलाइ मोबाइल र मोबाइक एप मार्फत गर्ववतिको पहिचान अवस्था सग सिधै स्वास्थ्य साखा सग जोड्न सफल भएको र आगामी दिनमा १२ वटै वडामा बर्थिङ्ग सेन्टर राखी गर्भवती महिला लाई महङ्गा अस्पताल जान बध्यकारी हुन नदिन र अकाल मा मृत्यु वर्ण हुन नदिन दिलोज्यान ले आफू लागिरहेको बताए।
अहिले दिएको ब्लाक एन्ड ह्वाइट भिडियो एक्स रे मेशिन भएपनी रङ्हिन भिडियो एक्स रे मेशिन नगर अस्पताल मा रहेको हुदा सस्तो मा तत्काल रिपोर्ट दिन सक्ने करिब २८ लाखको मेशिन राखिएको हुदा अतिजटिट अबस्था बाहेक गर्भवती महिला ले फजुल खर्च गर्नु नपर्ने बताउदै गच्छदार ले नवजात शिशुको शारीरिक र मानसिक अपाङ्गता रोक्न का लागि आफू कसैसग कम्प्रोमाइज नगर्ने बताएका छन।
आगामी मङ्गलबार देखि आँखा सम्बन्धी मोतिया बिन्दु,जलबिन्दु र आखामा मासु पलाएको रोगको शिबिर सन्चालन हुने बताउदै गच्छदार ले स्वयम् सेबिकाहरुलाइ सबैतिर सुव्हना प्रवाह गर्न आग्रह गरेका थिए।उनले स्वयम् सेबिका हरुको सेवा सुबिधा समेत आगामी आर्थिक बर्स देखि बढाइने बताए।
कार्यक्रम मा बोल्दै स्वास्थ शाखा प्रमुख बिन्देस्वर प्रसाद महतोले आमाले गर्भमा एक जीव दिन्छिन र त्यो जीव लाई जीवन दिने काम गर्द छिन भन्दै आमाको स्वास्थ्य मुख्य रहेको बताए। वडा नम्बर १ का अध्यक्ष अजुल हुसैनले गाउँ घर मा अस्पताल सुबिधा थप्दै आएको मा खुसी ब्यक्त गरे।
कार्यक्रम स्वास्थ साखाका फोकल पर्सन उचित नारायण साहले सन्चालन गरेका थिए भने करुणा फाउन्डेशनका अधिकारी, स्वयम् सेबिका हरु र गर्भवती महिला हरुको बाक्लो उपस्थित रहेको थियो।