दुहबी / बाल यौन दुरुपयोगको आरोपमा दुहबीमा ६४ वर्षीय एक वृद्ध पक्राउ परेको दुहबी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौ घर भई दुहबी –३ मा डेरा गरी बस्ने ६४ वर्षीय एक वृद्ध रहेकोमा सो वृद्ध लाई दुहबी ३ स्थित बस्दै आएको डेरा बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले बताए
उनका अनुसार पक्राउ परेका वृद्धले १६ वर्षीया बालिकालाई पुष ११ गते अनुचित कार्यको प्रयास गरेको बालिका लाई विभिन्न प्रलोभनमा पारी यौन दुरुपयोग गर्न खोजेको आरोपमा अभिभावकले उजुरी दिएको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक खजुमले बताए ।
नेपालमा बाल यौन दुरुपयोग गरेको प्रमाणित भएमा नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा ३ अनुसार ३० हजार जरिबाना र ३ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।