दुहबी / सुनसरीको दुहबीमा एक ऐम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना भएको दुहबी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत शनिबार बेलुका ७.३० बजेको समयमा दुहबी वडा नम्बर ६ को कार्यालय अगाडि रोकिरहेको अवस्थामा को १ ह ५७७८ नम्बरको सिटि सफारी लाई बिराटनगर बाट धरान जाने क्रममा मे. १ च ५१९ नम्बर भएको ऐम्बुलेन्सले ठक्कर दिदा मानविय क्षती नभए पनि सिटि सफारी टुक्राटुक्रा भएको प्रहरीले बताए ।
सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुम संग बुझदा धरान ११ बस्ने ऐम्बुलेन्स चालक रामु भट्टराईले मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना भएको खजुमले बताए ।