दुहबी / पत्रकारको चरित्र हत्या गर्न खोज्ने फेक आइडि धारी बिरुद्ध प्रहरीमा उजुरी परेका छन ।
स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्लाका उपाअध्यक्ष तथा कोचिला खबर दैनिकका प्रबन्धक माथी भारतिय मोबाइल नम्बर + 919692136637 को सिम प्रयोग गरि वार्टसप मार्फत चार दिन अगाडि चरित्र हत्या गर्ने प्रयास भएको छ।
अर्पिता शर्मा नामको फेस बुक मार्फत जोडिएर सोही आइडि मार्फत नम्बर खोजी गरि वार्टसपमा शुरुमा राम्रै सम्बोधनले बोल्ने गरेको साथै बोलचालको १ दिनमै विभिन्न जालझेलका कुरा गर्दै उक्त अर्पिता नामको वार्टसप बाट पत्रकार अकबर अलि लाई अचानक वार्टसप मार्फत फोन गरी तिम्रो सम्पुर्ण सामाजिक संजाल फेसबुक वार्टसप लगायतको एकाउन्ट मेरो कन्ट्रोलमा रहेकोले त्तकाल तिमिले मेरो बैकको खातामा भारु १२,५०० पठाउ भनेको पत्रकार अलिले बताए ।
उक्त रकम नदिए पत्रकार अलिको फेसबुक आइडी लगायतका सामाजिक सन्जालहरु ह्याक गरि मेसेन्जर तथा वाटसपमा अन्य साथि र पारिवारिक सग गरेका कुराकानी सगै गोपनियता समेत भङ्ग गरने हिसाबले स्क्रिन सट गरेर फ्लास आउट गरिदिने धाक धम्की दिई मान्सिक टचर समेत दिएको पत्रकार अलिले बताए।
उक्त नामको फेस बुक युजर महिलानै भएको र नेपालमानै बसेर अपराधको गिर्हो चलाउने गरेको जिकिर गर्दै पत्रकार अलिले सम्पुर्ण फेस बुक प्रयोगकर्ता मित्रहरुलाइ यस्ता खाले फेकर ह्याकर देखि साबधानी रहन आग्रह समेत गरेका छन। उनले भने आफू मानशिक रुपमा बिक्षिप्त बनेर कानुनी उपचारका लागि इलाका प्रहरी कार्यालय दुहबीमा न्यायको लागि सो ह्याकर लाई खोज तलास गरी कानुन बमोजिम कार्वाहीको माग गर्दै उजुरी समेत दिएको बताएका छन। 
उनका अनुसार आफू संग सुरुमा पैसाको बार्गेनिङ गर्दा एक महिला बोलेको र केही बेर पछि एक पुरुष २ दिन सम्म पैसाको बार्गेनिङ गरिरहेकोमा यस अपराधको गिरोहमा थुप्रै मान्छेको हात हुन सकिने बताएका छन ।
अलिले भनेका छन ” म पत्रकार हुँ,म जस्तो लाई त यसरी मानशिक तनाव दिएर पैसा असुल्न लागि पर्छन भने,अन्य सामान्य ,सोझा सिधा जनताहरु लाई कति ठगेका होलान? यस्ता ठग हरुको सन्जाल लाई खोजतलास गरि निस्तेज नगरे धेरैले यातना खेप्नु पर्ने छ”
यता सोही बिषयमा प्रहरी संग बुझदा अनुसंधान जारी रहेकोले अहिले केही भन्न नमिल्ने बताए ।
बास्तबमा प्रबिधिको दुरुपयोग गर्दै पछिल्लो समय यस्ता अवान्छनिय गतिबिधी धेरै सन्चालन गर्दै आएका खबर हामी पढिरहेका सुनिरहेका छौ,सम्बन्धित निकाय हरुले यस्ताको पर्दाफस गरि कठघरामा नथुने धेरै नोक्सान ब्यहोर्नु पर्ने छ।
यसै गरी केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसैगरी फेसबुक पेजमार्फत अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा बर्दियाका २३ वर्षीय रमेश थारु पक्राउ परे । उनले विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी जम्मा गरी त्यसमार्फत नक्कली फेसबुक पेज बनाई डीएसएलआर क्यामेरा खरिद बिक्री गर्न विज्ञापन गर्ने र क्यामेरा खरिद गर्ने ग्र्राहकलाई क्यामेरा डेलिभरी नगरी ५० प्रतिशत रकम पठाइमाग्ने गरेका थिए ।
प्रहरीले सामाजिक सञ्जालमा महिलाको फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरिरहेका भारत उत्तरप्रदेशका ३१ वर्षीय मोहम्मद सलिमलाई पक्राउ गर्यो । उनीमाथि वैदेशिक रोजगारीको क्रममा दुबईमा आफूसँगै काम गर्ने महिला साथीको टाउको नग्न तस्वीरमा जोडेर फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाउने र पीडित महिलाको नग्न तस्वीर राखेका नक्कली फेसबुक आईडी बनाएर चरित्र हत्या गर्ने काम गरेको अभियोग छ ।
यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/०७९ को ६ महिनायता दुई हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साइबर अपराधका मुद्दा वर्षैपिच्छे बढ्दै गइरहेको ब्युरोको तथ्यांकले देखाउँछ ।
ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् । फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसबाट ठगिनेको संख्यासमेत बढ्दै प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा कसैको नक्कली आईडी बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने, संघसंस्था तथा व्यक्तिका आईडी ह्याक गर्ने गरेका घटना बढ्दै गइरहेका छन् ।
साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधसम्बन्धी दुई हजार ३०१ मुद्दा दर्ता भएका थिए भने आर्र्र्र्थिक वर्ष २०७७/०७८ मा यो संख्या बढेर ३ हजार ९०० पुगेको थियो । जबकि चालु आर्थिक वर्षको ६ महिनामै २ हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दापीडित आफैं उपस्थित भएर दर्ता गराएका हुन् ।
नेपालीमा एउटा उखान छ, ‘चोरलाई दोष दिनुभन्दा आफ्नो थैली मजबुत बनाउनु’ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि ह्याकर, ठगी गर्ने र ब्ल्यामेल गर्ने जस्ता व्यक्तिहरुबाट बच्न आफूले सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । प्रयोगकर्तालाई सम्भावित जोखिमबारे ज्ञान हुनुपर्छ ।
सुरक्षा विज्ञहरु सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैभन्दा पहिला प्रयोगकर्ता नै सुरक्षित हुनुपर्ने बताउँछन् । आफूले चलाउने सामाजिक सञ्जालका माध्यमबारे राम्ररी बुझेर जानेर मात्रै सुरक्षित तरिकाले चलाउनुपर्दछ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला इन्टरनेट तथा सामाजिक सञ्जालका माध्यमबारे सर्वसाधारणलाई ज्ञान नहुँदा र सजिलै अरुले देखाएको प्रलोभनमा पर्ने गरेकाले साइबर अपराधका घटना हुने गरेको बताउँछन् ।
‘सामाजिक सञ्जालमा राखिएका सबै कुरा सत्य हुँदैनन् । कसैले ठग्ने नियतले पनि राखेका पोस्ट गरेका हुन्छन्,’ प्रहरी उपरीक्षक कोइराला भन्छन्, ‘सामाजिक सञ्जालबारे सर्वसाधारण सजग भई सही गलत छुट्याउन सके अपराधका घटना आफैं कम हुन्छन् ।’
सामाजिक सञ्जाल चलाउँदा नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने, सामान्य चिनजानकै भरमा गोप्य कुरा नखुलाउने, सूचना नदिने, भिडियो तथा तस्वीर नपठाउने गरेमा साइबर अपराधका घटनाबाट बच्न सकिने उनी बताउँछन् ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार अहिले साइबर अपराधका घटना हेर्दा चार–पाँच किसिमले सर्वसाधारण ठगिने देखिएको छ । जसमा सामाजिक सञ्जालमा चिनेजानेको मान्छेले उपहार पठाइदिन्छौं भन्दा लोभमा परेर, चिठ्ठा परेको छ भनेर ठग्दा प्रलोभनमा परेर, अनलाइनमा किनमेल गर्दा आधिकारिक पेजका बारेमा थाहा नभएर, वैदेशिक रोजगारीका लागि विज्ञापनकै आधारमा भिसा लगाउने र पैसा दिने गरेका कारण ठगी हुने गरेको छ ।
‘साइबर अपराधबाट बच्न आफूले चलाउने एप्लिकेसनमा मजबुत पासवर्ड राख्नुपर्छ र अनावश्यक नचिनेको नजानेको मान्छेसँग कुराकानी गर्नुहुँदैन,’ कोइराला भन्छन्, ‘प्रयोगकर्ता स्वयं सचेत भए साइबर अपराध हुन पाउँदैन ।’ महाशाखाले पक्राउ गरेका अधिकांश ह्याकरले पासवर्ड सजिलो राखेकाले फेसबुक ह्याक गर्न सकेको बताउने गरेको उनले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाका निर्देशक विजयकुमार राय साइबर अपराधबाट बच्नका कम्प्युटर तथा ल्यापटपमा जेन्युन अपरेटिङ सिस्टम चलाउनुपर्ने, इमेलको पासवर्ड बलियो र लामो राख्नुपर्ने तथा टु फ्याक्टर अथेन्टिकेसन, ओटीपी र फिंगरप्रिन्टलाई एक्टिभ गर्नुपर्ने बताउँछन् ।
यस्तै म्यासेन्जर, भाइबर, इमो, इन्स्टाग्राम तथा मेलमा आएका अनावश्यक लिंकलाई नखोल्दा पनि साइबर अपराधबाट बच्न सकिने उनी बताउँछन्





