कोचिला खबर / पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालक सहित ३ को मृत्यु भएको छ ।पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खादा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालक सहित ३ को मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए ।
मृतकको संख्या बढ्न सक्ने उनले बताए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरेकाे थियाेघाइते हुनेहरूमा जिल्ला बारा निजगढ ९ बस्ने बर्ष ४३ को दिपक श्रेष्ठ, काठमाण्डौ ३० माईतीदेबी ३० बस्ने बर्ष ५० को सदाकत मिया धनिया, मोरङ मिक्लाजुङ गा.पा २ बस्ने बर्ष १९ को सबिन दाहल, उदयपुर चौदण्डीगढी न.पा ४ बस्ने बर्ष २२ को दिल कुमार बि.क, पाचथर फिदिम ना.पा १० बस्ने बर्ष ३८ को पेवाहाङ जगेबु, भारत जलपायुगुडी बस्ने बर्ष ६५ की अमृता लामा तथा निजको छोरी बर्ष ४२ की मुन्ना लामा तथा निजको काकी बर्ष ५६ की मनिता लामा, ६० को उमेश लामा, नर्गेन लामा, सोनाम तामाङ, भारत UP बिहार बस्ने बर्ष ४० को सोनाम तामाङ, पर्व लाम्बा, दोलखा बिभु ७ बस्ने बर्ष ५६ को मिङमा शेर्पा, श्रिमती बर्ष ४३ की माया कुमारी तामाङ, निजको श्रिमती बर्ष ४३ की माया कुमारी तामाङ, निजको छोरा बर्ष ११ को सुभाष तामाङ, त्रियुगा न.पा १० बस्ने बर्ष २१ को रोशन मुर्मु, सुन्दरहरौचा ८ बस्ने बर्ष २३ को बिक्रम कटुवाल, सुभास घिमिरे, ईलाम माईजोमाई न.पा ४ बस्ने बर्ष ४४ को गोपाल दाहाल, तेर्हथुम दाङराषा ८ बस्ने बर्ष ३३ को जित बहादुर लिम्बु, धनुषा धनुषा न.पा ६ बस्ने बर्ष २६ को राहुल कुमार मण्डल, झापा मेचिनगर न.पा १ बस्ने बर्ष ३६ को नबिन दुङगेल, नुवाकोट त्रिसुली ५ बस्ने बर्ष ३२ को जिवन कुमाल, सबिना कुमाल, आछाम कमलबजार ७ बस्ने बर्ष २१ को दिनेश अधिकारी रहेका छन् ।





