कोचिला खबर / सुनसरीको गढि गाउँपालिका वडा नम्बर १ धनपुरीमा शुक्रबार एक महिलाको शंकास्पद मृत्यु भएको छ । मृतक इटहरी उप माहानगर पालिका १३ खनार घर भई गढि १ धनपुरीमा बिहे गरि बसेको २१ बर्षीया साबाना खातुन रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
बिहान करिब १२ बजेको समयमा खातुनले आफ्नै घरमा ढोका बन्द गरी बसेको मृतककि सासुले देखेकी मृतकका श्रीमान प्रवेज मिया बताउछन । मियाका अनुसार आफू १२.१५ बजेको समयमा बाहिरको काम बाट घर आउदा आफू नुहाई धुवाइ गरी अर्को लुगा खोज्ने क्रममा घरको ढोका हेर्दा बन्द भएको देखदा शंका लागेर ढोका फुटाउदा श्रीमती साबाना
झुण्डिएको अवस्थामा देखे पछि पासो खोलेर माइती पक्ष लाई खबर गरी गाडीमा हालेर अस्पताल लगेको बताए ।
मृतक खातुनका मामा युनुस मिया भन्छन १२.१५ बजे भएको भनिएको घट्ना खातुनका ससुरालि पक्षले प्रहरी लाई खबर नगरेर खातुन लाई बिराटनगरको नोबेल मेडिकल अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषणा गरे पछि आफुहरु बाट प्रहरीलाई मात्र खबर गरिएकोले आशंका बढाएको बताए ।
यता खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय दुहबी बाट आफ्नो टोली घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमले बताए ।
उनका अनुसार शवलाई पोष्ट मार्टमका लागि कोशि अस्पताल बिराटनगर पठाई पोष्ट मार्टम गरेकोमा रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने खजुमको भनाई छ ।
सुनसरीको गढि गाउँपालिका– १ धनपुरी गाउँमा प्रवेज मिया संग १५ महिना अगाडी मांगी बिहे भएको खातुनका ठूलो बुवा अकतर रैनले बताए ।
यता मृतकका माईती पक्षले खातुनको नियोजित मानसिक ट्चर गरेको दाबी गरेका छन् । यो घटनालाई हेर्दा आत्म हत्या गर्न बाध्य पारेको वा मारिएको हुन सक्ने भएकाले घटनाको सत्य तथ्य छानविनको माग समेत माईती पक्षले पोस्टमार्टमको रिपोर्ट आए पछि किटानी जाहेरी दिने तयारी गरेको मृतक खातुनका मामा युनुस मियाले बताए ।





