कोचिला खबर / दुहबी नगरपालिका १० स्थित डुमराहामा साथी गेनालाल माझीको घरमा बराहक्षेत्र नगरपालिका ५ घर भएका बर्स ३९ को सुनिल सेन ठकुरी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार दुहबी १० घर भएको साथी माझी र मृतक ठकुरी मोरङको बुढी गंगा स्थित रहेको आरती स्टिल उद्योगमा संगै काम गर्ने गरेकोमा शुक्रबार बेलुका उद्योग बाट छुटी भई साथी माझिको घरमा पाहुना आएका ठकुरी शनिबार बिहान २,३० बजेको समयमा सुतेको ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले बताए ।
प्रहरी भन्छन ठकुरीको मृत्यु के कसरी भएकोमा अनुसंधान भइरहेको र मृतको सव पोस्टमार्टम गर्नको लागि धरानको बिपि प्रतिस्ठान पठाएकोले रिपोर्ट नआए सम्म केही भन्न नसकिने बताए ।