दुहबी / रानी देखी धरानसम्मको सडक विस्तारको क्रममा मुख्य अवरोध भएको दुहबी बजार खाली गर्न सडक योजनाले पत्राचार गरेको छ । दुहबी नगरपालिकालाई योजना कार्यालयले मर्मत कार्यको लागी संरचना हटाउन आग्रह गरेका परि पत्र अनुसार दुहबी नगरपालिकाको कार्यालयले पनि सोही परीपत्र अनुसार संरचना खाली गर्न गराउन भनि सार्वजनिक सुचना जारी गरेको छ ।
गत पुस २६ गतेको पत्रअनुसार सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ । बुढी खोला देखी दुहबी बजार सम्म सडक विस्तारको निर्माण स्थल नहुँदा सडक बिस्तार हुन नसकेको योजना कार्यालयले जनाएको छ।
योजना प्रमुख बद्रीप्रसाद शर्माले पत्रमार्फत निर्माण तथा मर्मतको अभावमा सडक जीर्ण भई दुर्घटना बढेको र सवारी जाम भएको बताएका छन् । हिउँदको समयमा धुलाम्मे हुने र बर्खामा हिलाम्मे हुँदा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गरिएको छ। सवारी चाप बढेको कारण मर्मत अनिवार्य रहेको योजनाको ठहर छ।
यता सडक योजना प्रमुख संग सोही बीसयमा बुझदा मर्मत क्षेत्र का संरचना नहटाए १ फिट पनि सडक मर्मत नहुने योजना प्रमुख शर्माले बताए
सीमा क्षेत्रबाट १५-१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबी, इटहरी र धरान बजारमा सडक विस्तार अगाडी बढ्न सकेको छैन । बिल्टफ एरिया भन्दै दुहबीका स्थानीयले अवरोध गर्दै आएको छ।
उता आयोजनाले भने पत्रमार्फत सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ पठाएको छ । उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुर र श्री सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बोधार्थ दिइएको छ ।
लामो समयदेखि बिस्तार हुन नसकेको कोशी राजमार्गको दुहबी खन्डको सडकमा सडक बिभागले पालिका लाई जिम्मेवार देखाउदै आफू पन्छिन खोजी उक्त क्षेत्रमाथी अन्याय गर्दै आएको साथै राजमार्ग खण्ड बिस्तार तथा मर्मतको मुख्य जिम्मेवार संघीय सरकार हुने र मातहतको सडक डिभिजन हुने हुदा आफू जिम्मेवार बाट पटक पटक पन्छिन खोजेको हुदा उक्त सडकमा दुर्घटना माथी कानमा तेल हालेर बेवास्था गर्दै गएको हुदा स्थानियबासी हरुले पीडा झेल्दै गएको स्थानिय बुद्दिजिबी हरु बताउछन।