कोचिला खबर / सुनसरीको दुहबी २ स्थित संचालनमा रहेको प्रिमियर उद्योगले स्थानीयको निजि जग्गा बाट ३३ केविको लाईन पोल गाडेर लान खोजे पछि शनिबार स्थानीय आन्दोलीत भएको छ ।
स्थानीय बिरेन चौधरीका अनुसार प्रिमियर उद्योगले हामी जग्गा धनि संग कुनै सम्झौता नगरी आफू खुशी ३३ केविको हाई टेन्सनको लाईन फलामको पोल गाडेर जबर्जस्ति लान खोजे पछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
उनका अनुसार सो बीसयमा दुहबी वडा नम्बर २ को कार्यालयमा निवेदन दिन जादा वडा अध्यक्ष अरविन्द बिश्वासले निवेदन लिन नमानेको समेत बताए ।
सो उद्योगले ३३ केविको लाईन लान अवरुध गर्न खोजने जग्गा धनि मुनरा चौधरी , शीत कुमारी , जय नारायण , सैनि साह , लगायत ५० जना जग्गा धनि रहेको स्थानीय बिरेन चौधरीले बताए ।
स्थानीहरुको भनाई अनुसार उद्योगले स्थानीय हरु लाई रोजगार नदि बाहिर बाट मजदुर लयाई उद्योगमा काम लगाएको आरोप समेत लगाईएका छन ।
एक स्थानीयका भनाई अनुसार उद्योग बाट ध्वनि प्रदुशनले बस्तिनै बिस्थापीत हुने सम्भावाना बढेकोले दुहबी नगरपालिका लगायत कुनै सरोकार बालाको हाल सम्म पनि ध्यानाकर्षण नभएको बताए ।
सो उद्योगले केही बर्स अगाडी बिधालयको जग्गामा निजि प्रयोजनको लागि बाटो प्रयोग गरेको , सिचाईको ८ कठ्ठा जगा मिचेर उद्योग निर्माणकार्य गरेको बिषय लाई लिएर अख्तियारमा निवेदन समेत परेको छ ।
सोही बिसयमा दुहबी नगर प्रमुख बेद गच्छदार सग बुझ्दा सुनियोजित रुपमा केही स्थानिय राजनितीकर्मी हरुको लहड मा र निजि स्वार्थ ले गर्दा स्थानिय पालिका लाई बदनाम गर्न खोजेको बताए। गच्छदार ले बिगतमा उक्त क्षेत्र को जग्गा मिचेर कसैले ब्यक्तिगत प्रयोजनको लागि उपयोग गरेको बिसयमा अख्तियार मा उजुरी समेत परेको हुदा नगरपालिका स्थानिय सरकार समेत भएको हुदा राज्यको सम्पत्ति को सुरक्षा र उपयोगको कार्याधिकार क्षेत्र भन्दा बाहिर नगएको र नजाए स्पस्टोक्ती दिदै गच्छदार ले सुनियोजित ढ्ङ्गले केही ब्यक्तिको बहकावमा उर्लेर नगरपालिका को सम्लग्नता रहेको भन्ने अभिव्यक्ति प्रती दुख प्रकट गरेका छन। कानुनले दिएको,तोकिएको क्षेत्र भन्दा बाहिर गएर अहिलेसम्म नगरपालिका ले केही नगरेको र नगर्ने भन्दै गच्छदार ले कसैको राजनैतिक रोटि सेक्न जनतामा गलत अफवाह फैलाइ गरिने यस्ता हर्कत आफुलाइमान्य नहुने र सबै नागरिकको लागिआफु साझा मेयर भएको नाताले कसैलाइ अन्याय मा पर्न नदिने वचन दिएका छन।
उता सोही बिषयमा उद्योगका GM बिनय मिश्र संग बुझदा कुनै स्थानीयको जिनि जग्गा नभएको नेपाल सरकारको सडको छेवमा भएको सरकारी जग्गा बाट लाइन तान खोजेको र हाल
पनि १ सय जना स्थानीय लाई रोजगार देको बताउदै पहिला सिमेन्टको पोल बाट लाईन तानेकोमा हाल फलाको पोल बाट लाईन तान विद्युत प्राधिकरण , जिल्ला प्रशासन कार्यालय सुनसरी लगायत बाट अनुमती प्राप्त गरेर लाईन तान्ने काम सुरु गरेको मिश्रले बताए ।