• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा निषेधाज्ञाको संकेत,२५ जना भन्दा बढी सहभागी नहुन सुनसरी प्रशासनकोआग्रह

काेचिला खबर by काेचिला खबर
01/12/2022
in स्थानीय
108
SHARES
492
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार देखि जिल्लाभर लागू हुनेगरी आदेश जारी गरेका छन् । मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले ओमिक्रोन भाइरसलाई मध्य नजर गर्दै आज बुधबारबाट सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो ।

मुलुकमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका गृह मन्त्रालयको मातहतमा रहेको जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ । सुनसरीमा ओमिक्रोन भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

मंगलवार दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन भाइरस भारतमा भयावह रुपमा फैलिएको र यसको असर नेपालमापनि देखा परेकोले विभिन्न नियम लागु हुने गरि आदेश पत्र जारी गरेका छन् ।

डिसिसीएमसीको बैठकको निर्णयअनुसार भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । २५ जना भन्दा बढी सहभागी नहुन आग्रह गरेका छन् ।

ओमिक्रोनको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्डहरु माक्स, सेनिटाइजरको प्रयोग र भोैतिक दुरी कायमको अनिवार्य रुपमा पालना गर्नुपर्ने र माघ १ गतेदेखी सार्वजनिक सेवा कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला लगायतका स्थलमा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना सङ्क्रमित राख्ने र उनीहरुको उपचार गर्ने क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन दिएको छ । कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो ।

जिल्ला प्रशासन सुनसरीले स्थानीय तहलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले स्थानीय तहलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । कोरोना संक्रमणको चाैथाै लहर भयावह रुपमा फैलिएको भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित चाैथाै लहरको सम्भावनालाई मध्यनजर गर्दै बढी भीडभाड नगर्न प्रशासन सुनसरीले सबैमा अनुरोध गरेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist