दुहबी / सुनसरी मोरङ सिचाइ आयोजना जल उपभोक्ता समन्वयन समिती रामगन्ज शाखा नहर को सातौ बार्सिक साधारण सभा आज दुहबी ७ स्थित सिचाइ कार्यलयमा सम्पन्न भएको छ। साधारण सभा खुल्ला सत्रको प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छदार ले द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए।
उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख बेद गच्छदारले साधारण सभा बाट नव निर्वाचित हुने समितिका पदाधिकारी लाई अग्रिम सुभकामना दिदै आफू कृषि क्षेत्र मा आमूल परिवर्तन ल्याउन र कृषक लाई ब्यावसायिक आत्मनिर्भर बनाउन नगरको मेयर जिते देखि नै लागि रहेको बताए।
गच्छदारले मोरङ सुनसरी सिचाइ नहरको कच्ची बाटो लाई कालोपत्रे गर्न र त्याहा उत्पादित कृषि सामाग्री लाई बजार सम्म सहज पुराइ कृषकको आय आम्दानी बढाउन वडा नम्बर ९ छाताबेली हुँदै वडा नम्बर १२ पुर्वकुसाह जोड्ने कालोपत्रे बाटो निर्माण थालेको बताए। उनले आ ब २०७५-०७६ मा उक्त बाटो को DPR तयार गरेको तर पर्याप्त आर्थिक श्रोत नहुदा ३ चरणमा सम्पन्न हुनेगरी २६ करोड ५२ लाख बराबरको रकम विभिन्न निकाय सग एकल पहल मा जुटाइ काम सन्चालन गरिएको बताए।
आगामी आर्थिक बर्ष मा पुर्वकुसाहा देखि कृषि सडक सम्म जोड्ने र चाताबेली देखि रानिगाउ सम्म जोड्ने गरि काम थालनी गरिने समेत बताए।
चालू र पुजिगत खर्च कटाएर बचेको केही रकम ले अहिले दुहबी नगरपालिका भित्र निर्माण सन्चालनमा रहेका अरबौ रुपैया का ठुला योजना हरु बास्तबमै कल्पना भन्दा बाहिरका थिए,तर बिकास गर्न लाई ठूलो छाती,फराकिलो सोच र दृस्ढ सन्कल्प भए असम्भव भन्ने केही नहुने प्रमाण नगरपालिका भित्र निर्माण भएका/ हुदैगरेका र प्रक्रियामा रहेका करोडौं को रङ्गशाला, फुट्बल एकेडेमी,साप्ताहिक हाटबजार, फोहोर ब्यावस्थापन केन्द्र,कृषि सडक ,फुड प्रोसेसिङ्ग सेन्टर,नगर अस्पताल , कोल्ड स्टोर, वाटर पार्क,ग्रीन पार्क,बिपन्न का लागि नगर आवास,प्राबिधिक शिक्षालय लगायतका दर्जनौ ठुला परियोजना हरुले देखाएको छ।
आफू अजम्बरी होइन,अर्को पटक मेयर भए नभए पनि आफुले सुरुगरेका प्रोजेक्ट हरु एकदिन सफल भएरै छाड्ने बताउदै गच्छदारले बिकास हुन लाई सिस्टममा छिराउनु नै पहिलो सफलता रहेको बताएका छन।
सिचाइ समितिले हिम्मत गरेर साधारण सभाबाट कृषि लाई फाइदा पुग्ने निर्णय पारित गराए स्थानिय सरकार र सिचाइ समितिको सहकार्यमा कार्यबिधी नै बनाएर अगाडि बड्ने समेत गच्छदार ले बताएका छन।
कार्यक्रममा बोल्दै ७ नम्बर वडा अध्यक्ष ले साचिकै परिकल्पना भन्दा बढिनै मेयर गच्छदार ले नगर भित्र बिकास गरेको बताउदै धन्यवाद समेत दिएका छन।
कार्यक्रम जल उपभोक्ता समिती राम गन्ज साखाका अध्यक्ष टेक चन्द बिस्वास को अध्यक्षता मा सम्प्न्न भएको थियो।भने समिती का कोसाध्यक्ष लतुराम माझिले बार्सिक आय ब्याय प्रस्तुत गरेका थिए।





