दुहबी / सुनसरीको दुहबी नगरपालिका १० बुद्ध चौक स्थित दुहबी इनरुवा सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको दुहबी ११ तनमुना घर भएको अन्दाजि बर्ष २८ को जित नारायण उराँव रहेको अस्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ।
ट्राफिकका अनुसार शुक्रबार दिउसो ४.१० बजे दुहबी -इनरुवा सडक खण्डमा दुहबी बाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रकले इनरुवा बाट दुहबी जादै गरेको को ७ प ३८४९ नम्बर भएको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक जित नारायण उराँवको उपचारका क्रममा मोरङको बिराट नर्सिङ अस्पतालमा मृत्यु भएको जनाए । मोटरसाइकलमा सवार मोरङको रंगेली नगरपालिका ९ घर भएको बर्स ३० को भिम प्रसाद उराँवको गम्भिर अवस्थामा सोही अस्पतालमा उपचार भईरहेको र ट्र्क चालक उदयपुर जिल्ला कटारी नगरपालिका ५ घर भएको बर्स २४ को सागर मगर सुनसरी अौराबनि प्रहरी चौकिको नियन्त्रणमा रहेको प्रहरी स्रोतले बताए ।