दुहबी / मिति २०७८।०९।०८ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको TVS कम्पनीको RTR को २३ प ८८११ नम्बरको मोटरसाईकल चोरीमा संम्लग्न निम्न ब्यक्तिहरूलाई मोटरसाईकल सहित पक्राउ गरी चोरी कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन-५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको ।
निम्न:-
१) जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.-४ बस्ने बर्ष २२ को समिर मियाँ ।
२) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१५ बस्ने बर्ष २० को नितेश मेहता ।
३) जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं.-११ बस्ने बर्ष २० को सागर लिम्बु ।
४) ऐ.ऐ. बस्ने बर्ष २२ को सनम मगर 





