इटहरी / इटहरी उपमहानगरपालिका २ स्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलमा १० बर्सिया क्षात्रालाई निर्घात कुटपिट गरिएको छ ।
होमवर्क नगरेको निहुँमा पाँच कक्षामा अध्ययनरत सुरक्षा तामाङमाथि हो कम्प्युटर शिक्षक सुजन दाहालले निर्घात कुटपिट गरेका हुन् । सरले “पाँच बक्सिङ हिर्काउनुभयो दुख्यो भन्दा पनि छोड्नुभएन” पीडित बालिकाले भनिन् ।
बालिकाको पाखुरामा नीलडाम प्रस्ट सँग देख्न सकिन्छ । उनको पाखुरा सुन्निएको समेत छ ।विद्यालयले कुटपिट गर्ने शिक्षक दाहालको बचाउ गरेको पीडित बालिकाकी आमा वीरमाया तामाङले बताइन् ।
उनले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको समेत माग गरेकी छिन् । यस विषयमा विद्यालयका प्रधानाध्यापक देवकुमार दाहाललाई सम्पर्क गर्दा शिक्षकबाट कुटपिट हुनु गलत भएको र आफूहरू विद्यालयको तर्फबाट पीडित बालिकाको परिवार सङ्गको छलफलमा रहेको बताए । पुर्बेली निवज बाट