दुहबी/ श्री जनकल्याण साकोस दुहबीको २२ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त कार्यक्रम जनकल्याण साकोसको शिक्षा उपसमितिको आयोजना र बिराटनगर आंखा अस्पताल (आंखा उपचार केन्द्र दुहबी) को प्राविधिक सहयोगमा संचालन भएको हो । सामाजिक क्रियाकलाप अन्तर्गत यस कार्यक्रममा जम्मा १६६ जनाले निःशुल्क ओ.पि.डी. सेवा प्राप्त गरेको श्रीजनकल्याण साकोस दुहबीका ब्यबस्थापक मनोज कुमार सुतियारले जनाए।

शिबिरमा ४९ जना मोतियाबिन्दु २ जना मासु पलाएको, २ जना आसुनलीको समस्या परेको बिरामी र ५० जना चस्मा लगाउने बिरामी देखा परेको थियो। ४९ जना मोतियाबिन्दु देखा परेको बिरामी मध्ये २८ जना बिरामीहरुलाई अप्रेशनको लागि बिराटनगर आंखा अस्पताल रेफर गरिएको जनकल्याण साकोसका ब्यबस्थापक मनोज कुमार सुतियारले जनाए।





