अर्जुन खडका
दुहबी/ सुनसरी को दुहबी नगरपालिका को १२ वटै वडा सामुदायिक बिधालय हरुमा wash plan सन्चालन गरिने भएको छ।
लैङ्गकि रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता दिगो बिकाश लक्षित परियोजना तथा नगरपालिका स्तरिय सामाजिक लेखाजोखा कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहेका दुहबी नगरपालिका प्रमुख बेद गच्छदार ले बातावरण मैत्री सरसफाइ ,शिशु कक्षा तथा बालबालिका मैत्री बिधालय साथै स्वच्छ खानेपानी, नियमित सरसफाइ,तथा क्षात्राहरु लाई आबस्यकिय सुरक्षा सामाग्री ,सफाइ सामाग्री लगायत आबस्यक रहेको हुदा सोही अनुसार अहिले ४ वटा वडामा उक्त कार्यक्रम सन्चालन मा रहे पनि बाकी वडाहरुमा छिटै सन्चालन गरिने बताएका छन।
दुहबी नगरपालिका , plan nepal, र CSDC को सम्युक्त सहभागितामा सन्चालित wash plan कार्यक्रम ले खासगरी सामुदायिक बिधालयका साना बालबालिका हरु लाभान्वित हुने बताउदै गच्छदार ले सरसफाइमा परम्परागत शैलि मान्दै आएका हामी गार्जेन हरु हेल्चेक्राइ गर्न सक्छौ तर बालबालिकाको मस्तिष्क मा सफाइ बारेमा चेतना घुसायौ भने उस्ले समाज रुपान्तरण र सफाइमैत्री समाज निर्माण गर्न सक्ने बताएका छन।
खास गरि छात्राहरु महिनावारी हुदा सेनिटरी प्याड मात्रै पर्याप्त नभएको यसको साथै सौचालय समेत छात्रामैत्री हुनु पर्ने मा जोड दिदै गच्छदार ले आगामी दिनमा यसको समेत गहन अध्यन गरि अगाडि बढ्ने बताए।
खासगरी शुद्ध खानेपानी ब्यावस्था सम्बन्धी विशेष आफ्नो चासो रहेको औल्यौदै यसलाइ कसरी सुद्दिकरण गर्ने भन्नेमा समेत आफू लागि परेको र यसलाइ स्वस्थ्य तथा शिक्षा शाखा मिलेर ब्ब्यावस्था गर्नु पर्ने मा जोड दिएका छन।
अहिलेसम्म नगरपालिका ले पानी प्युरिफिकेशन मेशिन विभिन्न स्थानमा १७ वटा बितरण गरिसकेको र अन्य ठाउमा पनि बितरन गर्दै लैजाने गच्छदार ले बताए।
CSDC का सम्योजक हरि बुढाथोकी ले अहिलेसम्म गरेका कार्य हरु फल्दायी भए को र आगामी दिनमा सबै वडामा प्राभावकारी रुपमा अगाडि बढाउदै लैजाने बताए। hand wash मात्रै हैन CSDC र दुहबी नगरपालिका बिच सहमति नै गरेर wash plan नै अगाडि बढाउने र सन २०३० सम्म खानेपानी शुद्धिकरण ,स्तर उन्नति ,साथै सरसफाइ सम्बन्धी कार्य सफल बनाउने बताए।
कार्यक्रम को सहजीकरण फोकल पर्शन बिमल चौधरी ले गरेका थिए । उक्त कार्यक्रम मा प्रमुख प्रशाकिय अधिकृत बिनोद न्यौपाने लगायत विभिन्न वडाका अध्यक्ष साथै प्र अ हरुको समेत उपस्थिति रहेको थियो।