अर्जुन खडका
दुह्बी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर १० मा कृषि तथा कृषिजन्य उत्पादन हरुको प्रशोधन तथा भन्डारण गर्नका लागि करोडौं मूल्य बराबर को प्रशोधन केन्द्र खुल्ने भएको छ।
दुहबि नगर पालिका का नगर प्रमुख बेद नारायण गच्छदार ले उक्त परियोजना को सिलन्यास गरेका छन।उक्त प्रसोधन केन्द्र को सिलान्यास कार्यक्रम मा बोल्दै नगर प्रमुख बेद गच्छदार ले दुहबी क्षेत्र बिकाश का लागि ग्रामीण कृषक र कृषि क्षेत्रको आधुनिकीकरण र कृषि लाई ब्यावसायिकरण साथै उत्पादित बस्तुको बजारिकरण नगरी समुन्नत दुहबी को परिकल्पना नरहेको हुदा सोही अनुरुप आफुले दृढ संकल्प राखी उक्त परियोजना सुरु गरेको बताए।
सरकार ले कृषि लाई आधुनिकीकरण गर्ने भनेता पनि स्पस्ट रणनीति र खाका दिन नसकेको हुदा सदियौ देखि भनिएको कृषि प्रधान देश अहिलेसम्म किसानहरु उत्पादित बस्तु उपभोग मात्रै गर्न बाध्य भएका साथै ब्यावसायिकरण मा लैजान नसकेको औलाउदै गच्छदार ले आफू पनि किसानकै छोरो भएको र नजिक बाट किसानको पीडा बुझेर कृषि सम्बन्धी एग्रो प्रोसेसिङ्ग सेन्टर, एग्रो मेकानिक र एग्रो एन्जिनियरिङ्ग जस्ता कृषि तथा औधोगिक क्षेत्रमा आबस्यकिय पुर्वधार निर्माण गन लागेको बताए।
१० करोडको लगानी मा बन्ने उक्त कृषि प्रशोधन केन्द्र लाई आबस्यकिय जग्गा उपलब्ध गराइ दिने जनता माबी दुहबी १० लाई धन्यवाद दिदै आगामी दिन मा दुहबी साथै अन्य क्षेत्र का कृषकले उत्पादित बस्तु हरु आफुले उपभोग गरि बचेको वा बिक्री गर्न चाहेको बस्तुहरु लाई यश प्रसोधन केन्द्र ले लिने र विभिन्न परिकार बनाइ भन्डारण साथै बजारीकरण गर्ने गच्छदार ले बतए।
हामी जागिर मात्रै हैन स्वरोजगार को माध्यम बाट आत्मनिर्भर पनि बन्ने बाटो मा अग्रसर हुनुपर्छ भन्ने हेतुले हरेक क्षेत्रमा आफुले गहन अध्यन गरि गोरेटो कोरेको बताउदै गच्छदार ले कृषि सडक, फोहोर प्रशोधन केन्द्र ,कृषि प्रसोधन केन्द्र ,प्राबिधिक शिक्षालय, कृषि बजार लगायत बहु आयामिक ठुला परियोजना हरु अगाडि सारिसकेको बताए ।
सपना देखेर मात्र हुदैन त्यसलाइ ब्यावहार मा उतार्न ठुलै हिम्मत र लगनशिलता चाहिन्छ भन्दै आफुले अगाडि सारेको यस्ता परियोजना हरुलाइ सफलीभुत बनाउन कुनै कसर बाकी नराख्ने बताउदै गच्छदार ले यी परियोजना बाट हामिले परिकल्पना गरेका समुन्नत दुहबी र समृद्ध दुहबी बासी को सपना साकार भएरै छाड्ने बताएका छन।





