दुहबी / सुनसरी को दुहबी नगरपालिकाको आयोजना र गरिबी निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम (मेडपा) उपशाखा दुहबिको सहजीकरणमा संचालित ८ दिने ब्यावसाय सचेतना तथा ब्यावसाय सुरु तालिम र लैङ्गकि समानता तथा सामाजिक समावेसिकरण तालिम आज पौष ५ गतेक दिन सम्पन्न भएको छ। गत २०७८ साल मंसिर २६ देखि दुहबी ७ मा संचालित उक्त तालिम आज पौष ५ गते समापन भएको थियो। जम्मा २५ जना सहभागी प्रशिक्षार्थी समाबेश भएको उक्त तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिका प्रमुख बेद गच्छदार रहेका थिए।
उक्त कार्यक्रम का प्रमुख अतिथि नगरप्रमुख बेद गच्छदारले दुहबी नगरपालिका भित्रका १२ वटै वडाका युवा पुस्ताहरु बेरोजगार नहुन,सिपको माध्यमबाट स्वरोजगार बन्न सकुन भन्ने अभिप्रायले बिगत २ सालदेखी मेडपा सग सहकार्य गरि सिपमुलक तालिम सहितको स्वरोजागार कार्यक्रम अन्तरगत यो अभियान सन्चालन गरेको बताए।
गच्छदारले गत आर्थिक बर्षमा ४ वटा वडाका जम्मा १०५ जना लाई यस्ता विभिन्न सिपमुलक ब्यावसायिक तालिम दिई सकेको साथै ११४ जनालाइ बुटिक,ब्युटिसिय,सिलैकटाइ, गहना बनाउने जस्ता ब्यावसायिकता सम्बन्धी तालिम दिई विभिन्न समुह बनाएर उद्यमि बन्न चाहेने प्रारम्भिक पुजि अर्थात उपकरण समेत हस्तान्तरण गरिसकेको साथै ती समूह हरुले हाल ब्यावसाय सन्चालन गरि जिबिकोपार्जन समेत गर्न थालिसकेको बताएका छन।
आफू दुहबी नगरका हरेक मध्यम त न्युनबर्गिय युवाहरुको बेरोजगारी समस्यालाइ न्युनिकरण गर्न विभिन्न सिपमुलक तालिम सन्चालन साथै प्राबिधिक शिक्ष्यालय स्थापना गरि दक्ष जनशक्ति उत्पान गर्न लागेको जस्ले गर्दा युवाहरु प्रदेशमा हैन आफ्नै भुमिमा सिपको सदुपयोग गरि उचित रोजगार साथै उद्दमी बन्न सकुन भन्ने मनासाय रहेको गच्छदारले बताएका छन।
सोही सपना बमोजिम दुहबी ८ मा ३० करोडको लगानिमा प्राबिधिक शिक्षालाय सन्चालनको तयारी स्वरुप गृहकार्य सुरु भैसकेको हुदा आगामी सालदेखी पुर्वाधार निर्माणका कामहरु सुरु हुने गच्छदार ले बताए । प्राबिधिक शिक्षा र सिपमुलक तालिमको माध्यम बाट समाजमा प्रतिष्ठित युवा स्थपित गराएरै छाड्ने ,बेरोजगारी न्यूनीकरण गराएरै छाड्ने उनले बताए।
यस आर्थिक बर्ष का लागि मेडपा मार्फत सिपमुलक तथा ब्यावसायिक तालिम सम्चालन गर्न ५० लाख बजेट छुट्याएको जनाउदै पैसाको अभावमा ब्यावसाय सन्चालनमा अबरोध नपुगोस भनेर रास्टृय बाणिज्य बैंक मार्फत बिनाधितो २% न्यून ब्याजदर हुनेगरी १० लाख सम्म रिण उपलब्ध गराउने वचन समेत गच्छदार ले दिएका छन। हाल विभिन्न ७ उद्यमि समुहले रिण प्रक्रिया अगाडि बढाइसकेको समेत जानकारी उनले गराए। गच्छदार ले सम्पुर्ण प्रशिक्षार्थी हरुलाइ उद्यमि बन्न आग्रह गर्दै सुभकाम्ना समेत दिएका थिए।
कार्यक्रम मा सहभागी एक प्रशिक्षार्थी ले नगरपालिका र मेडपाको खुलेर प्रशन्सा गर्दै आगामी दिनहरु मा पनि यस्ता शिपमुलक तथा ब्यावसायिक तालिम ल्याइदिन नगर प्रमुख लाई आग्रह गरेका थिइन।
कर्याक्रम मा बरिस्ठ उद्यम बिकास सहज कर्ता दिवेस चौधरी र सहज कर्ता सति चौधरी ले प्रशिक्षण दिएका थिए।
वडा नम्बर ७ का वडा अध्यक्ष बिजय चौधरी ले कार्यक्रम वारे प्रकाश पार्दै सबैलाइ उद्दमी बन्न सुब्यकामना दिएका थिए।