दुहबी / सुनसरीको दुहबी ८ स्थित कदम गाछीमा हाल सालै संचालनमा आएको अल्टो प्लास्टिक उधोगले चरम श्रम शोषण गरी १५० देखि २०० सय ज्यालामा मजदुरहरु लाई काममा लगाउने गरेको सोही उधोगका मजदुरहरुले खुलासा गरेका छन ।
सोही उधोगमा कार्यरत एक महिला मजदुरले नाम नखुलाउने सर्तमा कोचिला खबरका संचार कर्मि लाई सो श्रम शोषणका बारे बताएकि हुन ।
उनि भन्छन आफुहरु लाई १० घन्टा काम गरे बापत १५० ज्याला मात्र दिने गरेकोमा पटकपटक उधोग व्यवस्थापन संग कुरा राख्दा कुनै सुनुवाइनै नगरेको बताइन ।
सोही उधोगमा कार्यरत अर्कि एक महिला मजदुर भनछिन ज्याला बढाउन उधोगका प्रबन्धक आसिश जाटिया संग माग राखदा ज्याला तिमिहरुको बढाउन सकदैन काम गर्नु छ भने गर गर्नु छैन भने गेट बाहिर जा भने धाक धम्कि समेत दिने गरेकोमा आफुहरु बाध्य भएर अन्यायमा परेकोले न्यायको लागि सबै सरोकार बाल संग अपिल गरेकि छिन ।
सो श्रमशोषणको बिषयमा मजदुरहरुको ब्यापक जनगुनासो बढे पछि संचार कर्मिको टोलि सो उधोगमा सामाचार संकलन गर्न खोजदा उधोगका मेनेजर गुडु भनिने सरफराज अहमद सेखले मालिको आदेस भन्दै उधोग हाता भित्र समाचार संकलनमा पत्रकार लाई अवरुद्ध गरेका थिए ।
सोही बिषयमा उधोगका मालिक शयाम सुन्दर अग्रवाल संग बुझदा कुनै पनि मजदुरको श्रम शोषण नगरेको र समाचार संकलन गर्न पत्रकार लाई अब देखि रोक थोक नहुने भन्दै आफू बाहिर भएकोले उधोग भित्र बुझी थप जानकारी गराउने बताए ।





