• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने अस्पताल क्लिनिक र डाक्टरलाई ६ लाख जरिवाना

काेचिला खबर by काेचिला खबर
12/12/2021
in स्थानीय
78
SHARES
356
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका एक पीडितले चिकित्सक र स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति पाउने भएका छन् । इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो ।

सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि किरण बस्नेत नेपाल फर्काइएका हुन्

‘चिकित्सकले व्यवसायिक जिम्मेवारी पूरा नगरी ग्राहकको उपचारमा हेलचेक्र्याईं गरेको कारणले सेवाग्राहीलाई पर्न गएको असरको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ’ न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ । डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्र्याईं एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो ।’

सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो । २०७२ साल माघ ७ गते सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ हालै तयार भएको हो ।

वैदेशिक रोजगारीमा जानको निम्ति स्वास्थ्य जाँच गरिरहेको अवस्थामा क्लिनिक अझ बढी संवेदनशील भई स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले पछि हावापानी परिवर्तन भएमा हुनसक्ने जोखिमका वारेमा पनि जानकारी गराउनु चिकित्सक र क्लिनिकको दायित्वमा पर्ने भनी व्याख्या गरेको हो ।

फैसलामा भनिएको छ, ‘पहिले स्वास्थ्य परीक्षण गर्दा नै सम्भावित जोखिमको बारेमा थाहा हुँदाहुँदै उपभोक्तालाई नबताउनुले चिकित्सकले आफ्नो दायित्व उपयुक्त तवरबाट निर्वाह गरेको देखिएन ।’

स्वास्थ्य परीक्षण सेवा अन्तर्गत सेवाग्राहीलाई यथार्थपरक पूर्ण स्वास्थ्य विवरण प्राप्त गर्ने हक हुने भन्दै सर्वोच्च अदालतले त्यस्तो सेवामा कार्यरत चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थाले यथार्थपरक प्रतिवेदन बनाउनुपर्ने भनी व्याख्या गरेको हो । सेवाग्राहीलाई कुनै नोक्सानी भएमा त्यस्तो चिकित्सकको प्रत्यक्ष र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको अप्रत्यक्ष दायित्व हुने भन्दै सर्वोच्च अदालतले बस्नेतको हकमा तत्कालिन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको हो ।

फैसलामा भनिएको छ, ‘यदि गलत वा हेलचेक्र्याईंपूर्ण तरिकाले तयार पारिएको प्रतिवेदनबाट रोगको गलत पहिचान वा उपचार गरेमा सेवाग्राहीलाई हानी नोक्सानी भएमा चिकित्सकीय लापरवाही भएको दुष्कृतिजन्य कार्य मानिन्छ ।’

के थियो घटना ?

हाई हिमालयन गोर्खा सर्भिसेज प्रालि नामक वैदेशिक रोजगार कम्पनीले इजरायलमा केयर गिभर पदमा पठाउने भनी विज्ञापन गरेको थियो । कम्पनीमा सम्पर्क गर्न गएकाहरुको इजरायल जानको लागि नेपाल इन्टरनेशनल क्लिनिकबाट स्वास्थ्य परीक्षण गराउनु भनी निर्देशन थियो । स्वास्थ्य परीक्षणका क्रममा क्लिनिकले किरण बस्नेतको स्वास्थ्य ठीक रहेको भनी निरोगिताको प्रमाणपत्र उपलब्ध गरायो । त्यही आधारमा उनी रोजगारीका लागि इजरायल पुगे ।

इजरायल पुगेपछि फेरि त्यहाँ कार्यरत कम्पनीले स्वास्थ्य परीक्षण गराउँदा दम समेतको रोग लागेकोले काम गर्न असक्षम भनी बस्नेतलाई स्वदेश फिर्ता गरिदियो ।

नेपालमा निरोगिताको गलत प्रमाण पत्र उपलब्ध गराएको हुनाले इजरायल पुगेपछि स्वदेश फिर्ता हुनुपरेको भन्दै उनले कानूनी उपचार खोजे । स्वास्थ्य परीक्षणका क्रममा अनुचित क्रियाकलाप तथा सेवा प्रदान गर्दा भएको लापरवाहीले मानसिक, भौतिक एवं आर्थिक क्षति भएको भन्दै उनले २४ लाख १० हजार क्षतिपूर्ति मागदावी सहित निवेदन दिए ।

२०६६ साल जेठ १४ गते जिल्ला क्षतिपूर्ति समितिले बस्नेतको स्वास्थ्य परीक्षण गर्ने डा. बुद्ध बस्न्यातबाट तीन लाख र नेपाल इन्टरनेशनल क्लिनिकबाट थप तीन लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति हुने भनी फैसला गरेको हो । त्यो फैसला चित्त नबुझाएर चिकित्सक र स्वास्थ्यसंस्था तत्कालिन पुनरावेदन अदालत पाटन पुगेका थिए ।

उच्च अदालत पाटनले २०६७ साल असोज १० गते जिल्ला क्षतिपूर्ति समिति काठमाडौको निर्णय बदर गरिदियो । उसले विशेषज्ञबाट राय बुझ्नुपर्नेमा त्यसो नगरी क्षतिपूर्ति समितिले फैसला गरेको ठहर ग¥यो । फाइल फेरि जिल्ला क्षतिपूर्ति समितिमा फिर्ता गरिदियो । त्यो समितिले दोस्रोपटक पनि विशेषज्ञको रायपछि उही निर्णय लेख्यो भने उच्च अदालत पाटनले पनि त्यही निर्णय सदर गरेको थियो । online khabar bat

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist