अर्जुन खडका
दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ६ स्थित राधाकृष्ण मन्दिर परिसर मा आजदेखी श्रीमद्भागवत सप्ताह पुराण शुरु भएको छ। कार्यक्रम का प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बेद गच्छदारले यज्ञ स्थलमा पानसमा बत्ती बालेर सप्ताह पुराणको उद्घाटन गरेका छन।
आज देखि ७ दिन सम्म कथा वाचन गरि सम्पन्न हुने उक्त सप्ताह पुराण उद्घाटन कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले बिज्ञानको उत्पत्ति समेत सनातन हिन्दु धर्मकै बेद बाट भएको बिस्वले स्विकारिसकेको बताउदै पुराणका हरेक स्लोक श्रवण गरे पश्चात् मानिसले आफुले आफुलाइ बदल्न सक्ने प्रती बिश्वास ब्यक्त गरेका छन।
आफू भित्र भएको राम र रावण लाई परिस्थिति अनुकुल वस मा राख्न सके यस्ले दुनिया बदल्न सक्ने बताउदै गच्छदारले पहिला आफू परिवर्तन हुनु पर्छ त्यसपछी परिवार परिवर्तन हुन्छ अनि गाउँ टोल हुँदै देश परिवर्तन हुन सक्ने मा जोड दिए। धार्मिक आस्था माथी को बिश्वास ले अनियंत्रित मन लाई सम्यम बनाउन मद्दत पुग्ने बताउदै सहि मार्ग प्रस्थन गर्न यहि सप्ताह पुराणको माध्यमले साथ दिने बिश्वास ब्यक्त गरेका छ।
निर्माणाधिन राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गर्न आफुले बिगतमा पनि सहयोग गरेको र फेरि पनि नगरपालिका को तर्फ बाट सक्दो आर्थिक सहयोग गर्ने वचन दिएका छन। ७ दिन मात्रै भए पनि बजार क्षेत्र का मदिरा पसल बन्द गर्न सके धेरै ले राहत अनुभुति गर्ने र दुर्वसनी घट्ने मा जोड दिदै गच्छदार ले तमाम बजार बासी नारिहरु लाई सो अभियानमा आजै देखि लाग्न अनुरोध समेत गरेका छन।
उक्त सप्ताह पुराण मा सबैले कथा श्रवण गरेर लाभ लिन अनुरोध गर्दै मन्दिर निर्माण का लागि जेथा सक्य आर्थिक दान गरि दिन समेत सबैमा आग्रह गरेका छन।





