अर्जुन खडका
दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर १२ कुशेस्वर मुसहर बस्तिका सुकुम्बासी हरुलाइ ब्यवस्थित बसोबास गराउन ४० घर निर्माण हुने भएको छ।
संघीय सरकार को सहरी बिकास ले एकीकृत बस्ती बिकाश कार्यक्रम अन्तर्गत सुकुम्बासी हरुलाइ ब्यवस्थित बसोबास गराउने उदेश्यले प्रथम चरण मा ४० घर निर्माण गर्न लागेको नगर प्रमुख गच्छदार ले जानकारी गराए।
शहरी बिकास सग नगर प्रमुख गच्छदारले लगातार लामो समय सम्म पहलकदमी गरि सुनसरी को दुहबिमा उक्त कार्यक्रम पार्न सफल भएका छन। दुहबी को १२ नम्बर वडा का दलित मुसहर समुदाय हरु लाई यस एकीकृत बस्ती ले ठूलो राहत हुने नगर प्रमुख गच्छदार ले बताए।
उक्त एकीकृत बस्ती निर्माण गर्ने स्थान छनौट गर्न साथै दलित मुसहर समुदाय सग परामर्श तथा राय बुझ्न आज नगर प्रमुख गच्छदार सो स्थान तर्फ प्रस्थान गरेका थिए।
गच्छदार केही समय सम्म उक्त मुसहर बस्तिका दलित महिला तथा स्थानिय प्रतिनिधि हरु सग भेटघाट तथा परामर्श गरेका थिए।





