दुहबी / नेकपा माओवादी केन्द्र दुहबीनगर अधिवेशनबाट अध्यक्षमा रहिम मिया सर्वसम्मत चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा गोबिन्द लुईटेल , सियाराम महत र प्रेम उराँव सचिवमा आलम मिया ,स सचिव प्रमोद यादव र कोषा अध्यक्षमा मन्जु गुरागाई निर्वाचित भएका छन् ।
अधिवेशनबाट ६५ सदस्यीय नगर समिति निर्माण भएको छ ।
यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा ४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष रहिम मियाले
बताए ।
कार्यक्रमा बोल्दै प्रमुख अथिती समर काफ्ले अब जनताले माओवादी केन्द्रलाई अवसर दिनुपर्ने बताए । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी राज्यप्रणाली माओवादीको एजेण्डा भएको कारण यसलाई कार्यान्वयन गर्ने र जनहित, मुलुकहितमा प्रयोग गर्नेका लागि पनि माओवादीले विजय हासिल गर्नुपर्नेमा उनको जोड छ । पार्टीहरूले नयाँ पुस्तालाई योजना बनाएर नीतिगत रूपमा नेतृत्वमा अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने पौडेल देशमा विद्यमान कर्मचारी संयन्त्र र त्यहाँ मौलाएको अनियमितता र विकृति विसंगतिको विरुद्धमा युवाहरूले आफूलाई सशक्त बनाउन जरुरी रहनेमा जोड दिए
सो कार्यक्रमको प्रमुख अथितिमा नेकपा माअौबादी केन्द्र प्रदेश १ का स ईन्चार्ज साबित्रि कुमार काफ्ले ( समर ) विशिष्ट अथितिमा संघीय संसद अमन लाल मोदि , सुनसरी पार्टी ईन्चार्ज निर्मल बराल , सम्योजक सुरेन्द्र मेहता तेसै गरी अथिति हरुमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का पार्टी संम्योजक हैदर अलि , अखिल नेपाल महिला संघ सुनसरी सदस्य रोजिना खातुन दुहबी नगर स ईन्चार्ज जिवन थापा लगायतको उपस्थितिमा आईतबार दुहबीको पाटि प्यालेसमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संचालक तथा सचिव आलम मियाले जनाएका छन ।





