दुहवी / सुनसरीको दुहवी २ स्थित रहको दिनेश स्मृति प्रतिष्ठानको सभा हलमा आज ऋद्घि सिद्घि बचत तथा ऋण सहकारी संस्था लि . को १२ आँै साधारण सभा सम्पन्न भएको छ ।
दुहवी ३ स्थित रहि कार्यलय सँचालन गर्दै आईरहको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत सक्लन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको ऋद्धि सिद्धिले एक विश्वासिलो सँस्थाको रुपमा स्थापना भएका छन् ।
आज सम्मपन्न भएको १२ औं साधारण सभाको प्रमुख अथितिमा जिल्ला सहकारी सघं सुनसरीको अध्यक्ष श्री दामोदर कोइरला रहेका थिए भने विशिष्ट अथितिहरुमा जिल्ला सहकारी सघं सुनसरीको कोषाध्यक्ष श्री राजु सिंह चौधरी र यसै क्रद्घि सिद्घि बचत तथा सहकारी संस्थाका उपाध्यक्ष सरोज कुमार सिहं रहेका थिए । त्यसैगरी अथितिहरुमा इलाका प्रहरी कार्यलय दुहवीका प्रहरी साहयक निरिक्षक श्री रत्न वहादुर दनुवार लगायत विभिन्न सघं सस्था प्रतिनिधिहरु र सेयर धनीहरुको उपस्थिति रहेको थियो ।
ऋद्धि सिद्धिले गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु ९७६ जाना पु¥याई शेयर पुँजी रु ६५ लाख ७३ हजार ५ सय रुपैया हुन पुगेका छन् । त्यसैगरी सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानी ३९ लाख ७६ हजार दुई सय ९४ रुपैया आम्दानी गरेका छन् भने कुल खर्चमा ३५ लाख ८४ हजार २ सय ४१ रुपैया गरेका छन् , जबकी गत आ.व. २०७६÷०७७ मा सँस्थाले ४४ लाख ६५ हजार २ सय ३६ रुपैया कुल आम्दानी गरेका थिए र कुल खर्चमा ४१ लख ८३ नौ सय ६३ रुपैया खर्च भएको प्रतिवेदनमा सँस्थाका अध्यक्ष राम कुमार पाठकले प्रस्तुत गरे ।
र साथै सहकारीको नाममा दुहवी ३ स्थित रहेको १५.५ धुर जग्गामा घर बनाउन यसै आर्थिक वर्षबाट सुरुवाती गरीने अध्यक्ष पाठकले प्रतिवेदन प्रस्तुत मार्फत बताए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्य संजीव भगत र उत्कृष्ट ऋणी सदस्य सावित्री कुमारी राईलाई सम्मान गरका छन् भने दुहवीमा रहेको सरस्वती मा.वि.मा अध्यनरत जेहेनदार बिधार्थीमा एक जना छात्र र एकजान छात्रालाई बिभिन्न पाठ्य सामाग्री समेत वितरण गरे ।