• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मध्यरातमा फस्टाउदै इटहरीमा यौन ब्यापार:समलिङ्गिहरूले दुख दिने गरेको स्थानीयकाे गुनासो

काेचिला खबर by काेचिला खबर
12/02/2021
in स्थानीय
113
SHARES
512
VIEWS
Share on FacebookShare on Twitter

इटहरी / इटहरीमा निर्मुल भइसकेको यौन ब्यवसाय पुन फस्टाउदै गएको स्थानीयहरूले प्रहरी समक्ष गुनासो गरेका छन् । दिनको तुलनामा रातको समय इटहरी क्षेत्रमा यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले प्रहरी समक्ष गुनासो राखेका हुन् । इटहरी क्षेत्रमा रहेका केहि लजहरूमा अहिले पनि यौन व्यवसाय हुने गरेको पाइएपनि स्थानीय निकाय बेखबर बनेको जनगुनासो छ । स्थानीयहरूका अनुसार होटल तथा लजहरूमा भन्दा पनि रातको समयमा खुल्ला रूपमा समलिङ्गिहरूले यौन ब्यवसायलाइ बढावा दिइरहेको गुनासो पोखेका छन् ।

हालै नया प्रहरी प्रमुखको रूपमा आएका डिएसपि खगेन्द्र खडकाले तेश्रो लिङ्गि वा समलिङ्गि (अल्पसंख्यक)बाट यौनजन्य गतिविधिहरू हुने गरेको गुनासो आउने गरेको बताए । रातको समयमा मुख्य राजमार्ग हुदै गुडेका सवारीसाधनहरू रोकेर समलिङ्गिहरूले अनावस्यक दुख: दिने गरेको स्थानीयहरूले गुनासो गरेको डिएसपि खडकाले बताए । केहि दिन यता कोशि राजमार्ग अन्तरगत इटहरी धरान रोड, इटहरी–इनरूवा रोडमा समलिङ्गिहरूले रातको समयमा पैदल यात्रि तथा सवारी साधनहरूलाइ रोकेर पैसा माग्ने, जबरजस्ति गाडि भित्र छिर्ने जस्ता अनावस्यक दुख दिने गरेको गुनासो बढेको हो

इटहरीको पश्चिम रोड अन्तरगत म्याजिक स्टेन्टमा अड्डा नै खडा गरि रातभरी हो हल्ला गर्ने, अपशब्द प्रयोग गर्ने र पैदल यात्रिहरूलाइ आतंकित पार्ने जस्ता कामहरू गर्ने गरेको प्रहरीकहा गुनासो आउने गरेको जनाइएको छ । गुनासो र मौखिक उजुरीको आधारमा इटहरी प्रहरीले तोकिएको क्षेत्रमा गस्ति गर्ने क्रममा लखेटने गरेपनि प्रहरी जान साथ फेरी भेला हुने गरेको बताइएको छ । राज्यले समलिंगिहरूको बिषयमा ठोस नीति बनाउन नसक्दा उनिहरूको ब्यवस्थापन गर्न कठिन भएको इटहरी प्रहरीका डिएसपि खगेन्द्र खडकाले बताए ।

गुनासो आउछ गस्ति गरिन्छ समातेर ल्यायो राख्ने ठाउ छैन उनले भने । फरक क्षमता भएका उनिहरूलाइ नियन्त्रण गर्न सकिएपनि ब्यवस्थापन पक्ष फितलो रहेको डिएसपि खडकाको भनाइ छ । यता लामो समय देखि समलिंगि तथा अल्पसंख्यकहरूको संरक्षण तथा अधिकार प्राप्तिको निमित्त आवाज उठाउदै आएको निलहिरा समाजका अधिकारकर्मि सुमन तामाङले पछिल्लो समय इटहरीमा रहेको अल्पसंख्यकहरू खुलेर यौन ब्यवसायमा लागेको स्विकारेका छन । उनले सबैक्षेत्रबाट अपहेलित भएपछि अन्तिमको बिकल्प स्वोरूप बाध्यतामा यहि पेसा रोज्नु परेको तामाङको भनाइ छ ।

सरकारले अल्पसंख्यकहरूलाई अधिकार नदिनु, सामाजिक संघ संस्थाहरू लगायत कुनै निकायले रोजगार नदिनु अनि भोकभोकै मर्नु भन्दा सजिलो उपाय उनिहरू यहि पेसा अपनाउने गरेको तामाङको भनाइ छ । नेपालमा करीब ७ लाखको हाराहारीमा अल्पसंख्यकहरू रहदै आएका छन त्यसमा ४ सय देखि ७ शय मात्रले बिभिन्न क्षेत्रमा रोजगार प्राप्त गर्दै आएको समाजका अभियान्ता तामाङ बताउछन । देशभरको तुलनामा इटहरीमा भने १२४ जना अल्पसंख्यकहरू रहदै आएको उनको भनाइ छ ।
यो समाचार पुर्वेली निवज बाट साभार गरिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist