दुहबी / सुनसरीको ईटहरी १३ खनार स्थित रहेको प्रगति टेक्सटाईल उद्योगले मजदुरलाई १२ घण्टा काम लगाई ८ घण्टाको मात्र ज्यालादि श्रम शोषण गरेको मजदुर हरुको आरोप रहेको छ ।
बुधबार सोही उद्योगमा कार्यरत मजदुरहरुले कोचिला खबरको कार्यालयमा पुगेर संचार कर्मि लाई श्रम शोषणको बारेमा बताएका हुन ।
सोही उद्योगका मजदुर विकास साहका अनुसार केहि महिना यता देखि उद्योग व्यवस्थापकले १२ घण्टा काम लगाई ८ घण्टाको मात्र ज्यालादि श्रम शोषण गरेको आरोप लगाएका हुन ।
अर्का मजदुर महेस खवास भन्छन हामिले १२ घण्टा काम गरि भोक पियासै खुन र पसिना बगाई श्रम गरेको ज्याला आफू हरु लाई नपाए पछि पटकपटक उद्योग प्रसाशन र ट्रेड युनियन संग सो कुरा राखदा समस्याको कुनै सामाधान नहुनुको साथै
उद्योग प्रसाशन बाट जा जानुछ जा केही हुने बाला छैन जवाफ आए पछि आफुहरु बाध्य भई न्यायको लागि मिडियामा आएको खवासले भकानिदै सुनाए ।
उता श्रम शोषणको बिषयमा सोही उद्योगका प्रशासन प्रमुख प्रदिप निरौला संग बुझ्दा मजदुर माथी कुनै किसिमको श्रम शोषण नभएको बताए ।
सो उद्योगमा हाल कार्यरत ५ सय भन्दा बढि कामदार मध्ये ३३ जना कामदार श्रम शोषण परेको खुल्नमा आएका छन ।