• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

समाचारको प्रभाव अरविन्द पेपर मिल्स बाट निष्कासनमा परेका १८ जना मजदुर पुर्नवहाली

काेचिला खबर by काेचिला खबर
12/02/2021
in स्थानीय
70
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित रहेको अरविन्दर पेपर मिल्समा काम गर्ने स्थानीय कामदारहरुलाई बिना कारण काम बाट निकालिएपछि बिहिवार बिहानबाट मजदुरहरु धर्नामा बसेको समाचार कोचिला खबरमा सम्प्रेषण भए लगतै सोको दबाब सोरुप उद्योग व्यवस्थापक माथी चौतर्फि आलोचना भए पछि मजदुर प्रतिनिधि र उद्योग व्यवस्थापक बिच बार्ताको माध्यम बाट निष्कासनमा परेका १८ जना मजदुरलाई काम्मा पुर्नवहाली भएको
समाजवादी टेड्र युनियन महासंघ प्रदेश नम्बर–१ का स ईन्चार्ज राजेस यादवले जानकारी दिएका छन ।

सो बार्तामा उद्योगको तर्फ बाट Gm पारस अग्रवाल र बद्री गुरुङ मजदुरको तर्फ बाट मजदुर नेता रमेश जंग थापा , राजेस यादव , मनोज यादव लगायतको मजदुर नेताको उपस्थिति रहेका थिए ।

अरविन्द पेपर मिल्समा एक वर्षदेखी स्थानीय कामदारहरु काम गर्दै आएको भएपनि उनीहरुलाई बिना कारण कामबाट निकालिएपछि धर्ना बसेका थिए ।

पेपर मिल्सको मुलगेट अगाडी डेढ दर्जन भन्दा बढी कामदार र उनीहरुका समर्थकहरुले बिभिन्न नाराबाजी गर्दै धर्नामा बसेका स्थानीय कामदारलाई प्राथमिकता दिनुपर्ने माग गर्दै उनीहरुले पेपर मिलको मुलगेट अगाडी नै धर्ना दिदै पुनः काममा नफर्काएसम्म धर्ना कार्यक्रम जारी राख्ने बताएका थिए ।

पेपर मिल्समा भारतीय कामदारलाई रोजगारको अवसर सिर्जना गरेकोले निकालिएका स्थानीय कामदारहरुले बुधवार बिहानबाट धर्ना दिएको उनीहरुले बताएका थिए ।

कोभिड–१९ को महामारीमा रोजगार गुमेको अवस्थामा एक वर्षदेखी काम सुरु गरेपनि पेपर मिल्सबाट एक्कासी निकालिएको प्रति आपति जनाउँदै उनीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका थिए ।

समाजवादी टेड्र युनियन महासंघ प्रदेश नम्बर–१ का उपाध्यक्ष मनोज यादवले अरविन्द पेपर मिल्समा एक वर्षदेखी काम गर्दै आएको हुदाँ एक्कासी मिलबाट निकालिएकोले धर्नामा बसेको बताएका थिए । १८ जना कामदारहरुलाई बिना जानकारी र कुनै गल्ती नदेखाउँदै कामबाट निकालिएको विरुद्धमा धर्नामा बसेको बताउँदै यादवले पुनः काममा स्थानीय कामदारलाई नफर्काएसम्म धर्ना जारी रहने बताए थिए ।

श्रम ऐन अनुसार श्रम स्वीकृत लिएर मात्रै भारतीय वा बाहिरका कामदारहरुलाई काम दिनुपर्ने नियम कानुनलाई मिच्दै पेपर मिल्सले स्थानीय कामदारलाई रोजगारबाट निकाली बाहिरकालाई अवसर दिएको विरुद्धमा बिहिवारबाट धर्ना कार्यक्रम सुरु गरेको उनले बताएका थिए ।

१८ जना स्थानीय कामदारलाई पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी राख्ने र मिल्सले वास्ता नगरेको खण्डमा आन्दोलनको स्वरुप परिर्वतन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत उनले दिएका थिए ।
त्यसैगरी कामदार सन्त कुमार यादवले अरविन्द पेपर मिल्सका काम गर्दै आएको हुदाँ अचानक निकालिएकोले मुलगेटमा नै धर्ना बसेको बताएका थिए ।

आफुसँगै १८ जना स्थानीय कामदारलाई निकालिएको हुदाँ पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी रहने उनले बताए । समयमा तलब भुक्तानी नदिएको उनले बताउँदै सरकारी तलब अनुसार भुक्तानी दिनुपर्ने माग सहित धर्ना कार्यक्रममा बसेको यादवले बताएका थिए ।

त्यसैगरी शंकर कुमार यादवले पनि आफुहरुलाई कामबाट निकालिएको हुदाँ बेरोजगार भएको भन्दै मिलमा पुनः काममा फर्काउन अनुरोध गरेका छन् । एक वर्षदेखी काम गर्दै आएको भएपनि आफुहरुको कुनै गल्ती नभएपनि एकसाथ १८ जनालाई निकालिएकोले मिल्सको मुलगेटमा धर्ना बसेको बताएका थिए ।

त्यसैगरी अर्का महिला कामदार मकिना खातुनले पनि अरविन्द पेपर मिल्समा भनेजस्तो तलब सुविधा नदिएको बताएकी छिन् । एकवर्षदेखी काम गर्दै आएको भएपनि ३ सयको दरले ज्याला मजदुरी दिदै आएको र ओभर टाइमको रकम पनि कम दिएकोले श्रम ऐन अनुसार तलब सुविधा दिनुपर्ने माग गरेकी थिन ।

अर्का महिला कामदार सवरुन खातुनले दुई महिना बित्दासमेत मासिक तलब नदिएको गुनासो गरेकी छिन् । मासिक तलब नदिदाँ घरपरिवार चलाउन समस्या भएकोले धर्ना कार्यक्रममा सहभागि भएको उनले बताईन् । आफुहरुलाई मासिक तलब समयमा नदिदाँ समस्या भएको उनले बताईन् । तलबमा बृद्धि गर्नुपर्ने तथा ओभर टाइममा समेत तलब बृद्धि गरी कामकाज गर्न सहज वातावरण मिलाई दिनका लागि मिलका संचलाकलाई उनले अनुरोध गरेकी थिन ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist