• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीकोअरविन्द पेपर मिल्सले डेढ दर्जन स्थानीय कामदारलाई निकालिएपछि मजदुर आन्दोलीत

काेचिला खबर by काेचिला खबर
12/02/2021
in स्थानीय
58
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित रहेको अरविन्दर पेपर मिल्समा काम गर्ने स्थानीय कामदारहरुलाई बिना कारण निकालिएपछि बिहिवार बिहानबाट धर्ना दिएका छन् ।

अरविन्द पेपर मिल्समा एक वर्षदेखी स्थानीय कामदारहरु काम गर्दै आएको भएपनि उनीहरुलाई बिना कारण कामबाट निकालिएपछि धर्ना दिएका हुन् ।

पेपर मिल्सको मुलगेट अगाडी डेढ दर्जन भन्दा बढी कामदार र उनीहरुका समर्थकहरुले बिभिन्न नाराबाजी गर्दै धर्नामा बसेका हुन् । स्थानीय कामदारलाई प्राथमिकता दिनुपर्ने माग गर्दै उनीहरुले पेपर मिलको मुलगेट अगाडी नै धर्ना दिदै पुनः काममा नफर्काएसम्म धर्ना कार्यक्रम जारी राख्ने बताएका छन् ।

पेपर मिल्समा भारतीय कामदारलाई रोजगारको अवसर सिर्जना गरेकोले निकालिएका स्थानीय कामदारहरुले बुधवार बिहानबाट धर्ना दिएको उनीहरु बताउँछन् ।

कोभिड–१९ को महामारीमा रोजगार गुमेको अवस्थामा एक वर्षदेखी काम सुरु गरेपनि पेपर मिल्सबाट एक्कासी निकालिएको प्रति आपति जनाउँदै उनीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिने समेत बताउँछन् ।

समाजवादी टेड्र युनियन महासंघ प्रदेश नम्बर–१ का स ईन्चार्ज राजेश यादव तथा उपाध्यक्ष मनोज यादवले अरविन्द पेपर मिल्समा एक वर्षदेखी काम गर्दै आएको हुदाँ एक्कासी मिलबाट निकालिएकोले धर्नामा बसेको बताए । १८ जना कामदारहरुलाई बिना जानकारी र कुनै गल्ती नदेखाउँदै कामबाट निकालिएको विरुद्धमा धर्नामा बसेको बताउँदै यादवले पुनः काममा स्थानीय कामदारलाई नफर्काएसम्म धर्ना जारी रहने बताए ।

श्रम ऐन अनुसार श्रम स्वीकृत लिएर मात्रै भारतीय वा बाहिरका कामदारहरुलाई काम दिनुपर्ने नियम कानुनलाई मिच्दै पेपर मिल्सले स्थानीय कामदारलाई रोजगारबाट निकाली बाहिरकालाई अवसर दिएको विरुद्धमा बिहिवारबाट धर्ना कार्यक्रम सुरु गरेको उनले बताए ।

१८ जना स्थानीय कामदारलाई पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी राख्ने र मिल्सले वास्ता नगरेको खण्डमा आन्दोलनको स्वरुप परिर्वतन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत उनले दिएका छन् ।
त्यसैगरी कामदार सन्त कुमार यादवले अरविन्द पेपर मिल्सका काम गर्दै आएको हुदाँ अचानक निकालिएकोले मुलगेटमा नै धर्ना बसेको बताए ।

आफुसँगै १८ जना स्थानीय कामदारलाई निकालिएको हुदाँ पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी रहने उनले बताए । समयमा तलब भुक्तानी नदिएको उनले बताउँदै सरकारी तलब अनुसार भुक्तानी दिनुपर्ने माग सहित धर्ना कार्यक्रममा बसेको यादवले बताए ।

त्यसैगरी शंकर कुमार यादवले पनि आफुहरुलाई कामबाट निकालिएको हुदाँ बेरोजगार भएको भन्दै मिलमा पुनः काममा फर्काउन अनुरोध गरेका छन् । एक वर्षदेखी काम गर्दै आएको भएपनि आफुहरुको कुनै गल्ती नभएपनि एकसाथ १८ जनालाई निकालिएकोले मिल्सको मुलगेटमा धर्ना बसेको बताए ।

त्यसैगरी अर्का महिला कामदार मकिना खातुनले पनि अरविन्द पेपर मिल्समा भनेजस्तो तलब सुविधा नदिएको बताएकी छिन् । एकवर्षदेखी काम गर्दै आएको भएपनि ३ सयको दरले ज्याला मजदुरी दिदै आएको र ओभर टाइमको रकम पनि कम दिएकोले श्रम ऐन अनुसार तलब सुविधा दिनुपर्ने माग गरेकी छिन् ।

त्यसैगरी अर्का महिला कामदार अपसना खातुनले प्रत्येक दिन ३ सयको दरले मासिक तलब दिदै आएको र आफुहरुले ज्यालामजदुरी बृद्धि गर्न अनुरोध गर्दा मिलका ठेकेदारहरुले कामबाट निकाल्ने धम्की दिदै आएकोले मिल्सको गेट अगाडी धर्नामा बसेको बताईन् ।

अर्का महिला कामदार सवरुन खातुनले दुई महिना बित्दासमेत मासिक तलब नदिएको गुनासो गरेकी छिन् । मासिक तलब नदिदाँ घरपरिवार चलाउन समस्या भएकोले धर्ना कार्यक्रममा सहभागि भएको उनले बताईन् । आफुहरुलाई मासिक तलब समयमा नदिदाँ समस्या भएको उनले बताईन् । तलबमा बृद्धि गर्नुपर्ने तथा ओभर टाइममा समेत तलब बृद्धि गरी कामकाज गर्न सहज वातावरण मिलाई दिनका लागि मिलका संचलाकलाई उनले अनुरोध गरेकी छिन् ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist