दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना मा पर्ने राधाकृष्ण मन्दिर को नया भवन निर्माण गर्न बनेको नया निर्माण समिती ले मन्दिर निर्माण लाई पुर्णता दिन सप्ताह पुराण को आयोजना गर्ने भएको छ।
यहि मिति २० ७८ साल मंसिर २२ गते देखि निरन्तर ७ दिन सम्म धार्मिक अनुस्ठानका साथ सम्पन्न हुनेगरी सुरु हुनलागेको उक्त साप्ताहिक पुराण को आयोजना मन्दिर निर्माण समितीले गरेको उक्त समिती का अध्यक्ष रमेश कुमार रौनियार ले बताएका छन।
वडा अध्यक्ष समेत रहेका रौनियार ले आज एक बृहत भेलाको आयोजना गरि सप्ताह पुराण सम्पन्न गर्न ८ वटा उपसमिति समेत निर्माण गरिसकेको बताए। गत आर्थिक बर्स को वडा को केही बजेट ,नगरपालिका को आर्थिक सहयोग र स्थानिय जनश्रमदान बाट मन्दिर निर्माण थालेको भएपनी बजेट अभावका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको बताउदै अध्यक्ष रौनियारले आर्थिक साहायता रकम संकलन का लागि धार्मिक आस्थामा बिस्वास राख्ने तमाम दाता हरुलाइ कथा श्रवण गर्न निम्तो समेत दिएको बताएका छन।
अध्यक्ष रौनियारले उक्त साप्ताहिक पुराण बाट संकलित रकम मन्दिर को बाकी रहेको काम सम्पन्न गर्न खर्चिने बताएका छन।